सिन्ह्वा- स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढेको छ। यो युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च वृद्धि हो।
युरोस्टाटका अनुसार अगस्टमा ईयूभर व्यावसायिक उडानको औसत वृद्धि २.३ प्रतिशत थियो। स्लोभाकियापछि माल्टामा १२.४ प्रतिशत र इस्टोनियामा ८.३ प्रतिशत वृद्धि भएको थियो। आठ ईयू सदस्य राष्ट्रमा भने उडान संख्या घटेको छ।
स्लोभाकियाको यातायात मन्त्रालयले उडान वृद्धि हुनुमा ब्राटिस्लाभा-कोसिसे आन्तरिक हवाई सेवा पुनः सञ्चालनलाई प्रमुख कारण मानेको छ। सात वर्ष बन्द रहेको उक्त सेवा गत वर्ष पुनः सञ्चालनमा आएको हो र हाल विज एयरले दैनिक उडान गर्दै आएको छ।
मन्त्रालयका अनुसार उक्त हवाई सेवाले यात्रु आवागमन बढाउनुका साथै दुवै विमानस्थलमा नयाँ सेवा र थप गन्तव्य विस्तार गर्न सहयोग गरेको छ।