Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • चलायमान बन्दै कोरला नाका
चलायमान बन्दै कोरला नाका
सुन्दरकुमार थकाली/रासस
सुन्दरकुमार थकाली/रासस शनिबार, भदौ २७, २०८३

मुस्ताङ- तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागिमात्रै सीमित थियो। कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागिमात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो।

नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न चीन पक्षले कोरला नाकाको तिब्बती भूमिमा अल्पकालीन अन्तरदेशीय व्यापार मेला चलाउँथ्यो। कोभिडका कारण एकपक्षीयरुपमा चीनले लगातार चार वर्ष कोरला नाका पूर्णरुपमा बन्द गर्‍यो।

कोभिडका कारण चार वर्ष बन्द रहेको नेपाल–चीन उत्तरी कोरला नाका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण गरेलगत्तै २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो। लामो समयदेखि बन्द कोरला नाकालाई चीन पक्षले बाह्रै महिना उपल्लो मुस्ताङका नागरिकलाई खुला गरेपछि सीमावर्ती क्षेत्रका नागरिकमा खुसी पलायो।

बन्द रहेको नाका खुलाउनुअघि चिनियाँ पक्षले नेपाली पक्षलाई सहभागी गराई तामझामका साथ आतसबाजी गरी औपचारिक रुपमा नाका खुला भएको सन्देश दिएको थियो। तर, चिनियाँ पक्षले सबै नेपालीका लागि खुला गरेको भने थिएन। उपल्लो मुस्ताङका नागरिकलाई मात्रै खुला गरिएको कोरला नाकामा पछि तल्लो मुस्ताङी नागरिकलाई पनि सीमापार पास वितरण गरी (नेचुङ–लिजी) आउजाउ सहज पारियो।

Ncell
Hardik health

नेपाल–चीन उत्तरी कोरला नाका मुस्ताङी नागरिकका लागि बाह्रै महिना खुला गरिए पनि नाकामा हुने निकासी तथा पैठारीको कारोबार झिनो परिमाणमा स्थानीयस्तरमै सीमित थियो। सीमामा बस्ने नागरिक र केही तल्लो भेकमा मुस्ताङले घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य बस्ती चीनको कोरलास्थित लिजी हाटबजारबाट खरिद गरी ल्याउथे तर चिनियाँ पक्षले भने निकासीतर्फ नेपालीलाई सीमितमात्रै मालसामान आफ्नो भूमिमा ल्याउन दिन्थ्यो। यसरी चलेको कोरला नाकामा त्यसबेला मुस्ताङ भन्सार कार्यालयको वार्षिक राजस्वबापत १० देखि १५ करोड रुपैयाँमात्रै मुस्किलले उठाउँथ्यो।

मुख्य नाकाका रुपमा विस्तार हुँदै
सामान्य अवस्थामा चलेको कोरला नाकाको ढोका गत वर्षको भदौ ३१ गतेपछि भने केही गतिशील बनेको छ। गत वर्षको असार र भदौ महिनामा बाढी, पहिरो र नदी कटानका कारण उत्तरतर्फका नाका जोड्ने तातोपानी र रसुवागढी नाका पूर्णरुपमा बन्द हुन पुगेपछि कोरला नाकालाई वैकल्पिक आयात निर्यातको मार्ग प्रस्तुत गरियो। कोरला नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने निर्णयसँगै मुस्ताङ भन्सार कार्यालयमा कर्मचारी थपिए। निकासी तथा पैठारीको परिमाण वृद्धि हुन थाल्यो। नाका पूर्णरुपमा सञ्चालन गरिए पनि पूर्वाधार निर्माणमा भने ध्यान दिइएको थिएन।

२०८२ भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको नाकामा पहिलेभन्दा राजस्व संकलनमा निकै ठूलो कायापलट हुन थाल्यो। सीमावर्ती क्षेत्रका नागरिकले पनि वैकल्पिक रोजागारी अवसर प्राप्त गर्न थाले। कोरला नाका र त्यहाँ रहेको मुस्ताङ भन्सार कार्यालय यतिबेला भने निकै चलायमान र गुल्जार बनेको छ। यसको कारण हो, रसुवागढी  र तातोपानी नाका पूर्णरुपमा बन्द हुनु।

२०८२ भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको नाकामा पहिलेभन्दा राजस्व संकलनमा निकै ठूलो कायापलट हुन थाल्यो। सीमावर्ती क्षेत्रका नागरिकले पनि वैकल्पिक रोजागारी अवसर प्राप्त गर्न थाले। कोरला नाका र त्यहाँ रहेको मुस्ताङ भन्सार कार्यालय यतिबेला भने निकै चलायमान र गुल्जार बनेको छ। यसको कारण हो, रसुवागढी  र तातोपानी नाका पूर्णरुपमा बन्द हुनु।

यही भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द बन्न पुगेको छ। उक्त नाका पहिलेका अवस्थामा फर्किन सायद लामो समय कुर्नुपर्ने हुनसक्छ। तातोपानी नाका पनि अहिले खुल्न सकेको छैन। यस्तो अवस्थामा उत्तरतर्फका तीन नाकाको प्रतिनिधित्व गर्ने एकमात्र नाका कोरला बनिरहेको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवाको विनाशकारी बाढीपछि केरुङ नाकामा रोकिएका १७६ वटा  मालवस्तुका कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’ भइरहेको बताए। केरुङ नाकाबाट डाइभर्ट भइरहेका सबै कन्टेनर बुधबारसम्म कोरला नाकामा आइपुग्ने  जानकारी प्राप्त भएको उनले उल्लेख गरे।

‘केरुङ नाकाबाट कोरला नाकातर्फ ‘डाइभर्ट’ भएका कन्टेनरमध्ये केही सोमबार केही आइपुगे भने बाँकी कन्टेनर पनि भोलि बुधबारभित्र कोरला नाकामा आइपुग्ने छन्,’ प्रमुख चुडालले भने, ‘मुस्ताङ भन्सारको सडक मार्ग छेउछाउ करिब २०० भन्दा बढी कन्टेनर छन्, भन्सार र्‍याडमा ‘लोड’ गरिएका मालवस्तुसहित कन्टेनर करिब १५० बढी रोकिएका छन्।’ दसैं, तिहारलगायत चाडपर्व नजिकिएकाले केरुङबाट ‘डाइभर्ट’ भएका मालवस्तुको पैठारी हुने समय चलेको भन्सार प्रमुख चुडालको भनाइ छ। चीनबाट तयारी लत्ताकपडा, शृंगारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल र खाद्य पदार्थ रहेको कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’ भएको उनले बताए।

लक्षित राजस्व बढ्ने निश्चित
रसुवागढी र तातोपानी नाका पूर्णरुपमा बन्द भएसँगै नेपाल–चीन उत्तरी कोरला नाका हुँदै मालवस्तु ढुवानी गर्न दैनिक ५० भन्दा बढी कन्टेनर चीनको भूमि लिजीमा प्रवेश गर्ने गरेका भन्सार प्रमुख चुडालले जानकारी दिए।

कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबापत ५२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने भदौ १० गतेपछि मुस्ताङ भन्सार कार्यालयबाट थप २६ करोड बढी संकलन भएको छ। चालु आव २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सारबाट कूल ७८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको भन्सारको तथ्यांकमा उल्लेख छ।

भदौ १० अघिको अघिल्लो ४० दिनमा संकलन भएको राजस्व अनुपातमा दैनिक रु एक करोड ३० लाख संकलन भएको देखिन्छ। यसैगरी भदौ १० पछिको भन्सार राजस्वको दैनिक अनुपात दुई करोड ८८ लाख रुपैयाँभन्दा बढी देखिन्छ।

रसुवागढी नाका बन्द भएपछि नौ दिनको फेरोमा कोरला नाका हुँदै नेपाल भित्रिएका ८८ वटा मालवस्तु रहेका कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। यसअघि चालु वर्षको साउनदेखि भदौ १० गतेअघिसम्म कोरला नाकाबाट भित्रिएका १६३ विद्युतीय सवारी र १३३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको भन्सार प्रमुख चुडालले बताए।

चालु वर्षको साउनदेखि भदौ १० गतेअघिको तथ्यांक हेर्दा मुस्ताङ भन्सारमा दैनिक चार/पाँच वटा विद्युतीय सवारी र दैनिक तीन/चारको हाराहारीमा कन्टेनरकोमात्रै जाँचपास भएको देखिन्छ तर भदौ १० गतेपछि दैनिक औसत १५ भन्दा बढी विद्युतीय सवारी र दैनिक औसत १० भन्दा बढी कन्टेनरको भन्सार जाँचपास भएको देखिन्छ।

भन्सार प्रमुख चुडालका अनुसार अघिल्लो ४० दिनमा १६३ वटा  इभी गाडी जाँचपास भएकामा पछिल्लो १० दिनमा १३० वटा इभी गाडी जाँचपास भएको हो। यसैगरी अघिल्लो ४० दिनमा १३३ वटा कन्टेनरको जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा कन्टेनरको जाँचपास भएको भन्सार प्रमुख चुडालको भनाइ छ।

भन्सार प्रमुख चुडालले दिएको जानकारीअनुसार भदौ १० अघिको अघिल्लो ४० दिनमा संकलन भएको राजस्व अनुपातमा दैनिक रु एक करोड ३० लाख संकलन भएको देखिन्छ। यसैगरी भदौ १० पछिको भन्सार राजस्वको दैनिक अनुपात दुई करोड ८८ लाख रुपैयाँभन्दा बढी देखिन्छ।

नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२/८३ मा छ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत वर्ष पैठारीतर्फ १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको मालवस्तु पैठारी भएको थियो भने २० करोड ५० लाख रुपैयाँभन्दा बढीको मालवस्तु चीनतर्फ निकासी भएको थियो।

गत वर्ष कोरला नाका हुँदै चीनबाट भित्रिएका तीन हजार २२३ वटा विद्युतीय गाडी र एक हजार ८७३ वटा मालवस्तु पैठारी गरिएका कन्टेनरको भन्सार जाँचपास भएको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत वर्ष छ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएकामा चालु वर्ष सामान्य अवस्था रहेमा नौ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रसुवा घटनाले उक्त लक्ष्यभन्दा बढी उठ्ने देखिएको छ।

चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय गाडी भन्सार जाँचपास गर्नका लागि कोरला नाकामै पार्किङ गरिएका प्रमुख चुडालले बताए। पछिल्लो समय मुस्ताङको कोरला नाकादेखि न्हेचुङ भन्सारका आसपासका क्षेत्र कन्टेनर र विद्युतीय सवारीले ढाकिएका छन्।

विगतमा उपल्लो मुस्ताङका नागरिकलाई मात्रै केन्द्रित गरी सञ्चालन भएको कोरला नाका गत वर्षको भदौदेखि सामान्य अवस्थामा निकासी तथा पैठारी हुँदै आएको थियो। रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला नाका मुख्य मार्गका रुपमा चलायमान बनेको छ।


प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०९:२०
#कोरला नाका #नेपाल–चीन व्यापार #भोटेकोशी बाढी
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २७, २०८३
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय शुक्रबार, भदौ २६, २०८३
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले शुक्रबार, भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण शुक्रबार, भदौ २६, २०८३
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP