काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच आज भेटर्वार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको डा कोइरालाको सचिवालयले जनाएको छ ।
नेता डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारेका थिए।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए । उनीहरूबीच यही भदौ १० गते बुधबारका दिन नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।