काठमाडौं- नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ । आइतबार पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका छन् । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ । नेपाल भलिबल लिगको यो पहिलो संस्करण हो । यसमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।