Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली
रासस
रासस बिहीबार, भदौ ४, २०८३

म्याग्दी– म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ ।

जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो ।

बेनीदेखि आधार शिविरसम्मका होटल तथा रेस्टुरेण्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि अर्को गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ, समस्या परेमा सम्पर्क गर्ने निकायको फोन नम्बरसहितका विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

Nada Auto Show 2026
Hardik health

‘आधार शिविर भ्रमणमा जानुअघि पूर्वसूचना प्राप्त गर्न व्यक्तिलाई फोन गरिरहन नपरोस् र यात्राका क्रममा अप्ठ्यारो परेमा सहयोग लिनका लागि पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयकै जनशक्तिको सीप, अनुभव र दक्षताको प्रयोग गरी स्मार्ट सूचना प्रणालीको विकास गरेका हौं,’ उनले भने, ‘स्मार्ट सूचना प्रणालीलाई अपटेड, परिमार्जन गर्दै निरन्तरता दिनेछौं ।’

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले फोनमार्फत अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गका बारेमा जानकारी माग्नेहरु धेरै भएकाले कसैलाई फोन नगरी सहजै सूचना पाउने प्रणाली तयार पारिएको बताए । बसपार्क, होटल, प्रहरी चौकी, सार्वजनिकस्थलमा आम नागरिकको सहज पहुँच हुनेगरी ‘क्युआर कोड’ टाँस्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिने उनको भनाइ छ ।

समुन्द्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग वि.सं. २०७७ देखि सञ्चालनमा आएको थियो ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ ।

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता हो ।


प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १७:१०
#मौरिस हर्जोग #स्मार्ट सूचना
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP