Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०८३
फाइल फाेटाे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुनसरीसहित तराई-मधेसलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् । बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव देखिएको भन्दै तत्काल पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भरतबहादुर खड्काले सुनसरीसहित तराई-मधेस क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरे । यस्ता घटनालाई गम्भीर रूपमा लिएर आगामी दिनमा हुन नदिने गरी सरकारले काम गर्नुपर्ने उनले सुझाव दिए ।

सांसद डा अमरेशकुमार सिंहले सुनसरीसहितका क्षेत्रमा केहीदिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खेलेकाे भूमिकाको प्रशंसा गरे । उनले तराई मधेसमा हुने अन्दोलन, घटना र विवादमा सिधैँ गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताए ।

Hardik health

सांसद शिवशङ्कर यादवले सुनसरीलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका पीडित परिवारलाई न्याय दिन सरकारले गरेको पहलको प्रशंसा गर्दै बाध्यकारी अवस्था नआई सुरक्षाकर्मीले गोली चलाउन नहुने धारणा राखे । सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव देखिए पनि बजारमा सहजै पाइने गरेको अवस्थाका बारेमा अनुगमन बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले हाल खाना पकाउने ग्यासको पनि कृत्रिम अभाव देखिएको बताउँदै तत्काल समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद प्रेमलाल चौधरीले इलामको माईलगायत क्षेत्रमा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै वर्षभरि सुरक्षित आवतजावत हुने गरी यातायातको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद अम्बिकादेवी सङ्ग्रौलाले काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बस केहीसमय अघि बर्दियामा दुर्घटना भएको स्मरण गर्दै उक्त दुर्घटनाका पीडित परिवारले हालसम्म न्याय नपाएकाले न्यायको माग गरिन् ।

सांसद अङ्किता ठाकुरले सिमानामा लागुऔषध नियन्त्रण र जनताको सुरक्षामा खटिने  सुरक्षाकर्मीको सुविधा समयानुसार वृद्धि गर्नुपर्ने बताइन् । उनले सरकारी अस्पतालमा रेविजको भ्याक्सिनको तत्काल पूर्ति गर्न माग गरिन् । सांसद इन्दिरा रानामगरले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहण गर्ने क्रममा निधन भएका निर्मल पूर्जा ‘निम्स दाई’ लगायत आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै उनीलाई राष्ट्रिय विभूतिका रूपमा स्मरण गर्नुपर्ने सुझाव दिइन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP