Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, साउन १९, २०८३
  • एक हजार ५३४ पदाधिकारी हटाएको वालेन्द्र सरकारको नियुक्तिमै विवाद 
  • त्रिवि, एनटिए, एनएसी, बिमा बोर्डलगायतका नियुक्ति  विवादित 
  • राजनीतिक निकटता र स्वार्थको द्वन्द्वको आरोप 
  • कानुन र प्रक्रिया मिचिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसद्वारा सरकारको आलोचना
  • वालेन्द्र सरकार ‘सेलेक्टिभ मेरिट’को अभ्यासमा

काठमाडौं- पुराना राजनीतिक नियुक्ति हटाएर निकट व्यक्तिलाई सार्वजनिक निकायमा नियुक्त गरेको भन्दै वालेन्द्र सरकार आलोचित हुँदै गएको छ । जेन-जी विद्रोह र गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनको जनादेश नातावाद र स्वार्थको द्वन्द्व देखिने व्यक्तिलाई सार्वजनिक नियुक्ति नदिनू भन्ने रहे पनि त्यसविपरीत वालेन्द्र सरकार अघि बढेको हो ।

गत वर्षको १३ चैतमा वालेन्द्र सरकार गठनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिको पुरानो संस्कार अन्त्य गर्ने घोषणा गरेका थिए । लगत्तै वालेन्द्र सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’मा पनि खुला प्रतिस्पर्धा, योग्यता र पारदर्शिताका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता थियो ।

indrira-rana-1785823290.jpg
सरकारले गर्ने केही नियुक्ति राजनीतिक विश्वासमा हुन्छ, कतिपय त्यस्तो हुनु स्वाभाविक हुन्छ र त्यसलाई अनर्थ मान्नु हुँदैन ।
इन्दिरा राना मगर
सांसद, रास्वपा

त्यसकै लागि १२ चैत २०८२ अघि नियुक्त भएका एक हजार ५३४ पदाधिकारीलाई अध्यादेशमार्फत वालेन्द्र सरकारले हटायो । सार्वजनिक संस्थान, विश्वविद्यालय, बोर्ड, समिति र आयोगका पदाधिकारी एकैपटक पदमुक्त भए । कसको कार्यसम्पादन कस्तो थियो भन्ने मूल्यांकन गरिएन । सबैलाई एउटै निर्णयबाट हटाइयो । त्यसपछि सरकारले आफ्ना नियुक्ति सुरु गर्‍यो । तर, धेरै नियुक्तिमा राजनीतिक निकटता, स्वार्थको द्वन्द्व र मेरिटभन्दा पहुँच हाबी भएको भन्दै प्रश्न उठिरहेको छ ।

Hardik health

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलले सरकारले सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायतका निर्णय गर्दा कानुन र स्थापित विधिलाई तोडेको आरोप लगायो । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले वालेन्द्र सरकारलाई सचेत गराउने निर्णय पनि गरेको छ ।

निर्णयमा भनिएको छ, ‘नेपाल सरकारले गरेका कतिपय निर्णयहरू संविधानको मर्म, भावना र विधिविपरीत भएको हुँदा गलत ढंगले विभिन्न सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायतका निर्णयहरू सच्याइ विधि र प्रक्रियालाई कानुनसम्मत पालना गर्न नेपाल सरकारलाई सचेत गराउँदछ ।’

यसबीचमा वालेन्द्र सरकारले पूर्वसचिव किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गर्‍यो । अध्यक्षका लागि सार्वजनिक आवेदन मागिएन । थापा २०७४ सालमा काठमाडौं महानगरको मेयर उम्मेदवार बनेका व्यक्ति हुन् । उनी रास्वपानिकट हुन् । त्यही भएर उनको नियुक्ति निकै विवादित बन्यो ।

saradaprasad-trital-1785823478.jpg
खासमा हुनुपर्ने ओपन मेरिट हो । तर, वालेन्द्र सरकारको रुचि त्यसमा देखिएन । सेलेक्टिभ मेरिटको अभ्यासमा गयो ।
शारदाप्रसाद त्रिताल
पूर्वसचिव

तैपनि सरकारले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्‍यो । सबै उपकुलपति पुरुष छन् । कुनै महिलाले अवसर पाएनन् । कतिसम्म भने उम्मेदवारको प्राप्तांक र छनोटको आधार सार्वजनिक गरिएन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त भए । उनी यसअघि पनि सरकारबाट नियुक्त भएका व्यक्ति हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भए । अन्तर्वार्ता चलिरहेकै बेला मन्त्रिपरिषद्ले नियुक्ति निर्णय गर्‍यो । प्रक्रिया पूरा नहुँदै निर्णय भएको भन्दै अहिले पनि विरोध भइरहेको छ । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भए । मन्त्रालयको मापदण्डमा ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख छ । तर, करिब ८० वर्षका श्रेष्ठ नियुक्त भए । यसअघि उनको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको थियो ।

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. जितेन्द्र परियार नियुक्त भए । उनी विगतमा नेपाल मेडिकल काउन्सिलको कारबाहीमा परेका थिए । सरकारले त्यो अभिलेख कसरी मूल्यांकन गर्‍यो भन्ने खुलाएको छैन । स्वास्थ्य बिमा बोर्ड सदस्यमा पनि विवाद भएको थियो । तत्कालीन श्रममन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई फेरि बोर्ड बैठकमा सहभागी गराइयो । आलोचना बढेपछि मन्त्री साह नै पदमुक्त भए ।

बिमा बोर्डकै अध्यक्षमा रास्वपाका पूर्वस्वास्थ्यविज्ञ सल्लाहकार डा. सुवास प्याकुरेल नियुक्त भए । उनी पूर्वसल्लाहकार भएकाले निष्पक्षतामाथि प्रश्न उठ्यो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन व्यञ्जनकारका परिवारका सदस्यले पनि नियुक्ति पाए । सिद्धिलक्ष्मी व्यञ्जनकार पञ्चांग निर्णायक विकास समितिको सदस्य बनिन् । उनका भाइ सिद्धि व्यञ्जनकार शिक्षा मन्त्रालयको प्रमुख सल्लाहकार नियुक्त भए ।

नेपाल स्काउटका प्रमुख आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भए । उनी प्रधानमन्त्री शाहसँग निकट मानिन्छन् । रास्वपाको चुनावी अभियानमा पनि सक्रिय थिए । रास्वपा सांसद राजीव खत्री र प्रमुख सल्लाहकार कुमार बेनसँग उनको निकट सम्बन्ध रहेको चर्चा छ ।

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त भए । उनी रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी हुन् । प्राप्तांक र छनोटको आधार सार्वजनिक गरिएको छैन । सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक सदस्यमा उर्वशी बस्न्यात नियुक्त भइन् । उनी सञ्चार क्षेत्रमै आबद्ध रहेकै अवस्थामा नियुक्त भएको भन्दै कानुनी प्रश्न उठेको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँगको पुरानो सहकर्मी सम्बन्ध पनि चर्चामा छ ।

अर्थ मन्त्रालयको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा आस्था भट्ट नियुक्त भइन् । उनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्बन्धित आइआइडिएसमा कार्यरत थिइन् । अर्थमन्त्रीले सिद्धार्थ बैंकका सञ्चालक भोजन अर्याललाई अवैतनिक राजस्व सल्लाहकार पनि नियुक्त गरेका छन् । दुवै नियुक्तिमा स्वार्थको द्वन्द्वबारे प्रश्न उठेको छ ।

सरकारले हटाएका सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानालाई दुई महिनामै फेरि त्यही पदमा नियुक्त गर्‍यो । हटाउँदा अयोग्य ठानिएका व्यक्ति फेरि कसरी योग्य भए भन्ने प्रश्न उठेको छ । सरकार भने सबै नियुक्ति योग्यता र क्षमताका आधारमा भएको दाबी गर्छ । रास्वपाका सांसद इन्दिरा राना मगर केही पद राजनीतिक विश्वासका आधारमा नियुक्त हुने बताउँछिन् । उनले प्रभावसँग भनिन्, ‘सरकारले गर्ने केही नियुक्ति राजनीतिक विश्वासमा हुन्छ, कतिपय त्यस्तो हुनु स्वाभाविक हुन्छ र त्यसलाई अनर्थ मान्नु हुँदैन ।’

तर, पूर्वसचिव शारदाप्रसाद त्रिताल भने वालेन्द्र सरकार ‘सेलेक्टिभ मेरिट’मा गएको बताउँछन् । ‘खासमा हुनुपर्ने ओपन मेरिट हो । तर, वालेन्द्र सरकारको रुचि त्यसमा देखिएन । सेलेक्टिभ मेरिटको अभ्यासमा गयो,’ उनले भने । सरकारले पुरानो राजनीतिक नियुक्तिको अन्त्य गर्ने वाचा गरेको थियो । तर, पुरानालाई हटाएर आफ्ना निकट व्यक्तिलाई नियुक्त गरेको घटनाले सरकारकै मेरिट र सुशासनको दाबीमाथि प्रश्न उठाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP