काठमाडाैं- सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको हाे।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि कार सडकबाट करिब ५०-६० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । कारमा कति जना सवार थिए भन्ने खुलेको छैन ।
एसपी सिंहका अनुसार दुर्घटनापछि नदीमा खसेको कार देखिएको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनास्थलमा प्रहरी खटिएको छ । प्रहरी बेपत्ता कारको खोजी थालेको छ ।