Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०८३

बागमती- मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ ।

मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्र आकर्षक दुईवटा सिसमहल दर्शनार्थीको रोजाइमा पर्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिए ।  विभिन्न स्थानमा रहेका सिसमहलमा सर्वसाधारणले सशुल्क मात्रै हेर्न पाउने व्यवस्था भए पनि यहाँका महलमा निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले पछिल्ला समयमा यहाँस्थित सिसमहल हेर्नका लागि पनि धार्मिक पर्यटक आउने गरेको बताए ।

यहाँ रहेको राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको रु आठ लाख सहयोगमा निर्माण गरिएको हो भने अर्को सीताराम सिसमहल रु २० लाखको लागतमा निर्माण गरिएको हो । सीताराम सिसमहल भने भक्तजनको आर्थिक सहयोगमा निर्माण भएको उनले जानकारी दिए ।आध्यात्मिक जागरणसँगै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बनिरहेको यो संस्था २०३२ सालमा स्थापनाको हो । तत्कालीन समयमा अनन्त श्री विभूषित पराङ्कुशाचार्यले स्थापना गरेका यो संस्था स्थापनाकालदेखि नै श्री लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिमार्फत सञ्चालन भइरहेको अध्यक्ष वाग्लेले जानकारी दिए । 

Hardik health

मन्दिरभित्र दक्षिण भारतको तिरुपति बालाजीकै जस्तै संरचना निर्माणका साथै त्यस्तै विधि तथा नियम अनुुसार पूजाआजा गर्ने गरिएको छ । उनका अनुुसार संस्थाको विधिवत् दर्ता भने २०६१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको हो । करिब दुई कट्ठा क्षेत्रफलको भूभागमा रहेको मन्दिर परिसरमा विभिन्न संरचना निर्माण भएका छन् ।   मन्दिरमा तीर्थयात्राका लागि आउने तीर्थालुका लागि छ वटा कोठा सहितको आवासीय व्यवस्थापन गरिएको जानकारी दिँदै उनले एक दिनमा १०/१२ जनासम्म तीर्थालुलाई बस्न सक्ने व्यवस्था मिलाइएको बताए ।

मन्दिरले मुगु, हुम्लालगायत जिल्लाका पाँच जना वटुुकलाई आवासीय व्यवस्थापनसहित वैदिक शिक्षासँगै विद्यालय तहका विभिन्न कक्षामा पढाउने व्यवस्था पनि गरिरहेको उनले जानकारी दिए । संस्थाका माध्यमबाट नियमित योगाभ्याससँगै धार्मिक व्यक्तित्वहरूबाट प्रवचन गराउँदै आइएको उनले बताए । मन्दिर परिसरभित्रै २०५८ सालमा लक्ष्मी नारायण व्यास पीठ स्थापना गरिएको छ । उक्त व्यास पीठबाट स्थापनाकालदेखि नै दैनिक वेद, भागवत् गीता, श्रीमद्भागवतको पाठपारायण भइरहेको छ । परिसरमा नै हरेक दिन कस्तुरी योग साधना केन्द्रमार्फत नियामित योग साधना भइरहेको छ । योग साधनाका लागि हेटौँडा नगर क्षेत्रका करिब ४० जना व्यक्ति नियमित सहभागी भइरहेको उनले बताए । 

मन्दिरमा हरेक दिन बिहान ६ः०० देखि १०ः०० बजेसम्म र दिउँसो ४ः०० देखि ८ः०० बजेसम्म पूजाआजा हुँदै आएको पुुजारी भक्ति दाहालले जानकारी दिए । उनका अनुुसार विभिन्न महत्वपूर्ण तिथिमिति र पर्व विशेषमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।  मन्दिर परिसर भित्रै मार्बलमा अठार अध्याय श्रीमद्भगवत् गीता लेखिएको छ । छ वर्षअघि  तीन लाख ५० हजार रुपैयाँको लागतमा गरिएको लेखन कार्यमा हरेक अध्यायका लागि एक/एक जना व्यक्तिहरू गरी १८ जनाले आर्थिक सहयोग गरेका छन् । मन्दिरलाई अध्यात्मिक जागरणसँगै सामाजिक सेवाको विशिष्ट माध्यमका रुपमा विकास गर्ने गरी काम भइरहेको समितिका सदस्य गोमादेवी वाग्लेले बताए। मन्दिरमा हरेक वर्ष पुस महिनामा महालक्ष्मी उत्सव सञ्चालन गर्दै आइएको बताउँदै उनले हरेक रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी, झुलन महोत्सव आदिमा धेरै सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको जानकारी दिए । 
 


प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १२:२५
#सिसमहल धार्मिक
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP