विराटनगर- लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् ।
उनीहरुलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
चिकित्सकको सिफारिसबिना ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेटसहित खगेन्द्र महतलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।