काठमाडाैं- सिरहामा प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएकाे छ । झडपका क्रममा गाेली लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको हाे ।
मुत्यु हुनेमा औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सीडीओले बताए । उनका अनुसार, थप विवरण भने आउन बाँकी छ । सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।