काठमाडौं- काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६-२४, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले पराजित भयो ।
यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि नेपाल पाकिस्तान, बंगलादेश, श्रीलंका र कजाकिस्तानसँग पराजित भएको थियो ।