Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • भक्तपुरमा सुरु भयो ‘रातो घेरा’को छायांकन
भक्तपुरमा सुरु भयो ‘रातो घेरा’को छायांकन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३१, २०८३

काठमाडौं-  निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली चलचित्र ‘रातो घेरा - द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ । विश्राम फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको चलचित्रको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा भइरहेको निर्माण पक्षले जनाएको हाे  ।

भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्रका महत्वपूर्ण दृश्य खिचिनेछन् भने पहिलो चरणको सम्पूर्ण छायांकन यही सेड्युलभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखिएको चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् ।

उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी तथा सुनिल तामाङको अभिनय रहनेछ ।

Hardik health

चलचित्रमा अनुभवी कलाकारसँगै केही नयाँ अनुहारलाई समेत अवसर दिइएको निर्माण पक्षले जनाएको छ ।चलचित्रका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । निर्माण टिमका अनुसार चलचित्रलाई विषयवस्तु र निर्माण दुवै हिसाबले फरक स्तरमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

वास्तविक घटनाबाट प्रेरित कथा भएकाले छायांकनदेखि कलाकारको प्रस्तुतिसम्म स्वाभाविकपनमा विशेष ध्यान दिइएको निर्देशक अनिल बुढा मगरले बताए ।चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् भने शिशिर बिसंखे छायाकार रहेका छन् । चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ तथा शिव हमालका गीत, मनोज थापा मगरकै पाश्र्व संगीत रहनेछ ।

जीवन थापा सम्पादकका रूपमा रहेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकको जिम्मेवारीमा छन् । सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन् ।

निर्माण पक्षका अनुसार पहिलो चरणको छायांकन सम्पन्न भएपछि पोष्ट प्रोडक्शनको काम शुरु गरिनेछ । चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ भने देशभर प्रभावकारी प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।निर्माण पक्षले चलचित्र २०८३ मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । कलाकार, निर्माता तथा प्राविधिक टोलीको बलियो संयोजन, सत्य घटनामा आधारित कथावस्तु र उच्च निर्माण गुणस्तरका कारण ‘रातो घेरा’ यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रमध्ये एक हुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP