Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • जुरासिक पार्कका अभिनेता साम नीलको निधन
जुरासिक पार्कका अभिनेता साम नीलको निधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३०, २०८३

न्युयोर्क-  विश्व चर्चित श्रृंखलाबद्ध चलचित्र ‘जुरासिक पार्क’का अभिनेता साम नीलको सोमबार निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको उनका परिवारले एक विज्ञप्तिमार्फत जनाएका हुन् ।

सामाजिक सञ्जालमा यो दुःखद समाचार जारी गर्नु परेकोमा आफूहरू साह्रै दुखी भएको उनका परिवारले जनाएका छन् ।‘जुरासिक पार्क’का शृंखलाहरूमा डा. एलन ग्रान्टको भूमिका निर्वाह गर्दै आएका अभिनेता साम नील न्यूजील्याण्ड मुलका कलाकार थिए ।

उनी हलिउडसँगै अस्ट्रेलियाका चलचित्रका समेत लोकप्रिय अभिनेता थिए ।अस्ट्रेलियाको सिड्नीमा आफ्ना प्रियजनहरूसँग रेको उनको अकस्मात् मृत्यु भएको परिवारले जनाएका छन् । मृत्युको कारण उनीहरूले खुलासा गरेका छैनन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि सामको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Hardik health

नीलले २०२३ मा आफूलाई तेस्रो चरणको रक्त क्यान्सरको एक दुर्लभ रूप ‘एन्जियोइम्युनोब्लास्टिक टी–सेल लिम्फोमा’ भएको जनाएका थिए । तथापि उनी रक्त क्यान्सरबाट पीडित रहेर पनि उनले क्यान्सर जितेका थिए । सन २०२२ मा आफूलाई यो समस्या भएको उनले जनाएका थिए । उपचार पछि आफू रक्त क्यान्सर मुक्त भएको पनि उनले बताएका थिए । उनको परिवारले पनि उनको मृत्यु क्यान्सरबाट नभएको दाबी गरेका छन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले यी अभिनेतालाई श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा लेखेका छन्,‘साम नीलले धेरै लोकप्रिय अस्ट्रेलियाली चलचित्रहरूमा अभिनय गरेका र अस्ट्रेलियालीहरूको हृदयमा विशेष स्थान राखेका हलिउडका लोकप्रिय कलाकार थिए । रमाइलो र गम्भीर, विचारशील व्यक्ति सामले आफ्नो रोगको सामना गरेर क्यान्सरलाई पनि जितेका थिए । उनलाई हामी सधैँ सम्झी रहने छौँ, उनको आत्माले शान्ति पाओस् । परिवारमा गहिरो समवेदना ।’

उनको मृत्यु अचानक र अप्रत्याशित भएको चिकित्सकहरूको कथन छ । परिवारले सेन्ट भिन्सेन्ट निजी अस्पतालका चिकित्सा र कर्मचारीहरूलाई विगतमा उनको हेरचाहको लागि धन्यवाद दिएका छन् ।साम नीलको निधन प्रति विश्वभरबाट उनका शुभचिन्तकले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । अभिनेता सामको अन्त्यष्टी चाँडै जानकारी गराउने पनि परिवारले जनाएका छन् ।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १३:३२
#साम_नील
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP