Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मुक्तिनाथ_बैंक
  • #मिड_डे_मील
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • राज्यको लाचारीले ‘होल्डिङ सेन्टर’मै बिजोग
सुकुमबासीको बिचल्ली राज्यको लाचारीले ‘होल्डिङ सेन्टर’मै बिजोग
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असार २८, २०८३

 

 

  • वालेन्द्र सरकारले सुरक्षित भनेको होल्डिङ सेन्टरमै डुबान 
  • रातारात ज्यान जोगाउन भागे सुकुमबासी 
  • खाद्यान्न, लत्ताकपडा र कागजात पानीमै डुबे 
  • स्थायी पुनस्र्थापनाको आश्वसन पूरा गर्न सरकार असफल
  • सुकुमबासीलाई बिचल्ली पारिएकोप्रति सरकारको चौतर्फी आलोचना 
     

पीडितको आक्रोश
बालेनले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भन्नुभएको थियो तर उहाँले नै हामीलाई डुबानमा पुर्‍याउनुभयो ।
नवराज विक
हामीलाई पनि जिउने इच्छा छ । सरकारले हाम्रो समस्या बुझेन । हामी कुकुर बिरालो होइनौं ।
कान्छीमाया घलान
यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो । हामीलाई ढाँटीढाँटी किन यस्तो गरियो ? 
सीता परियार
सामान निकाल्न पनि पाइएन । सबै हिलोले पुरियो । करिब एक लाख रुपैयाँ बराबरको सामान नष्ट भयो । सुरक्षाकर्मी समयमा आएनन्, हामी आफैंले ज्यान जोगायौं ।
डम्बर तामाङ

काठमाडौं- तीन महिनाअघि काठमाडौंको विष्णुमती, थापाथली, मनोहरा, गैरीगाउँलगायत नदी किनारका बस्तीबाट डोजर लगाएर हटाइएका सुकुमबासीलाई प्रधानमन्त्री वालेन्द्र शाहको आश्वासन थियो- तपाईंहरूलाई व्यवस्थित ढंगले राखिने छ । 

Hardik health

सुकुमबासीहरूलाई १२ वैशाखदेखि झण्डै एक साता लगाएर काठमाडौंका विभिन्न नदी किनारका बस्तीबाट हटाएका थिए ।  उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी भवसहित विभिन्न स्थानका ‘होल्डिङ सेन्टर’मा राखिएको थियो । त्यतिबेला वालेन्द्रले स्टाटसमार्फत भनेका थिए, ‘यो अस्थायी व्यवस्थामात्र हो, केही दिनमै दीर्घकालीन समाधान गरिने छ ।’

 

sankhar-pokharel-1783837434.jpg
होल्डिङ सेन्टरमा आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनु अमानवीयताको पराकाष्ठा हो । सरकारले सुरक्षित भनेका होल्डिङ सेन्टर नै डुबानमा परेको समाचार आउनु झन् चिन्ताजनक विषय हो ।
शंकर पोखरेल
महासचिव, नेकपा एमले


तर, शनिबार राति परेको लगातार वर्षापछि त्यही सुरक्षित भनिएको होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित परिवार फेरि संकटमा परे । नदी किनारको जोखिमबाट जोगाउन सारिएका उनीहरू यसपटक सुरक्षित भनिएको आश्रयमै पानीबाट भाग्न बाध्य भए । पीडितहरुका अनुसार राति करिब १२ बजेदेखि होल्डिङ सेन्टर परिसरमा पानी जम्न थालेको थियो । केहीबेरमै पानी टेण्टभित्र पस्यो । निदाइरहेका बालबालिका, वृद्धवृद्धा र बिरामीलाई हतारहतार बाहिर निकालियो । तर, खाद्यान्न, लत्ताकपडा, ओढ्ने-ओछ्याउने, औषधि, विद्यार्थीका कापी किताब र नागरिकतासहितका कागजात पानीमै डुबे ।

होल्डिङ सेन्टरमा बस्दै आएका नवराज विक शनिबार रातिको क्षण सम्झँदा भावुक भए । ‘राति हाम्रो बिजोग भयो । एक्कासि पानी पस्यो । बालेनले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भन्नुभएको थियो तर उहाँले नै हामीलाई डुबानमा पुर्‍याउनुभयो,’ उनले प्रभावसँग भने । विकका अनुसार अढाइ महिनाअघि घर भत्काउँदा सरकारले केही दिनमै उचित व्यवस्थापन गर्ने आश्वासन दिएको थियो । तर, अस्थायी बसोबास लम्बिँदै जाँदा अहिले उनीहरू फेरि प्राकृतिक विपत्तिको सामना गर्न बाध्य भएका छन् । डुबानले धेरै परिवारको थोरै भए पनि जोगाएर राखेको सम्पत्ति भिजायो । कसैको चामल भिज्यो, कसैको विद्यालय पढ्ने छोराछोरीका किताब नष्ट भए । कतिपयको नागरिकता, जन्मदर्ता र अन्य कागजातसमेत काम नलाग्ने अवस्थामा पुगे ।

लगातारको वर्षापछि भएको डुबानले समस्या निम्त्याएको सत्य हो । राज्यले यसको जिम्मेवारी लिनुपर्छ । हामी तत्कालका लागि आधारभूत आवश्यकता पूरा गर्न र दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्न केन्द्रित छौं ।
ओजश्वीराज थापा
नेता, रास्वपा

होल्डिङ सेन्टरमा बस्दै आएका दलमर्दन कामी भन्छन्, ‘यो डुबानभन्दा पनि राज्यको व्यवहारले बढी पीडा दिएको छ ।’ कामीका अनुसार होल्डिङ सेन्टरमा रहेका धेरै नागरिक विगतमा दैनिक ज्यालादारी गरेर परिवार पाल्ने, दीर्घरोगी, अशक्त र वृद्धवृद्धा छन् । सामान्य वर्षा हुँदा पनि पानी जम्ने समस्या सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराइएको भए पनि त्यसको समाधान नभएको उनको गुनासो छ । कान्छीमाया घलानलाई भने सबैभन्दा धेरै बिझाएको कुरा सरकारको वाचा हो । उनले भनिन्, ‘हामीलाई पनि जिउने इच्छा छ । हाम्रा पनि बालबच्चा छन् । १५ दिनका लागि भनेर घर भत्काएर यहाँ ल्याइयो, तीन महिना बित्यो । सरकारले हाम्रो समस्या बुझेन । हामी कुकुर बिरालो होइनौं ।’

घलानका अनुसार अहिले होल्डिङ सेन्टर अस्थायी आश्रयभन्दा बढी अनिश्चितताको केन्द्र बनेको छ । कहिले बाहिर जानुपर्ने हो, कहाँ लैजाने हो भन्ने कुनै जानकारी आफूहरूलाई नदिइएको उनी बताउँछिन् । अर्की पीडित सीता परियारले पनि सरकारप्रति गुनासो पोखिन् । उनले भनिन्, ‘यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो । हामीलाई ढाँटीढाँटी किन यस्तो गरियो ? सरकारले व्यवस्थापन गरेको भए आज यस्तो अवस्था आउने थिएन ।’ डुबानका कारण ठूलो आर्थिक क्षति बेहोरेका डम्बर तामाङका अनुसार रातभर उनीहरू ज्यान बचाउनमै व्यस्त भए । उनले भने, ‘सामान निकाल्न पनि पाइएन । सबै हिलोले पुरियो । करिब एक लाख रुपैयाँ बराबरको सामान नष्ट भयो । सुरक्षाकर्मी समयमा आएनन्, हामी आफैंले ज्यान जोगायौं ।’

सुकुमबासीहरूका अनुसार राति धेरै ढिलोमात्र उद्धार टोली पुगेको थियो । यद्यपि, गृह मन्त्रालयले भने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र विपद् व्यवस्थापन टोली परिचालन गरेको जनाएको छ । मन्त्रालयका अनुसार राति १ बजेर ३८ मिनेटमा सूचना प्राप्त भएपछि उद्धार टोली घटनास्थल पुगेको थियो । डुंगाको प्रयोग गरी १५४ जनामध्ये ५४ जनालाई उद्धार गरेर त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सारिएको थियो । छ जना आफन्तकहाँ गएको र ९४ जना सेन्टरको सुरक्षित भागमा बसेको मन्त्रालयले जनाएको छ । प्रभावितलाई खाना, खानेपानी, स्वास्थ्य सेवा र राहत सामग्री उपलब्ध गराइएको पनि मन्त्रालयको भनाइ छ ।

तर, होल्डिङ सेन्टरमा आश्रित परिवारहरूका अनुसार तत्काल राहतभन्दा ठूलो आवश्यकता स्थायी पुनस्र्थापनाको हो । उनीहरूका अनुसार तीन महिनासम्म पनि सरकारले कहाँ बसाउने भन्ने स्पष्ट योजना सार्वजनिक गरेको छैन । बरू पछिल्ला दिनमा खाद्यान्न सहयोग घटाइएको र सेन्टर खाली गर्न दबाब दिइएको उनीहरूको आरोप छ । घटनापछि राजनीतिक प्रतिक्रिया पनि आएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘होल्डिङ सेन्टरमा आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनु अमानवीयताको पराकाष्ठा हो । सरकारले सुरक्षित भनेका होल्डिङ सेन्टर नै डुबानमा परेको समाचार आउनु झन् चिन्ताजनक विषय हो ।’

उनले थप लेखेका छन्, ‘असुरक्षित तथा अनधिकृत क्षेत्रमा रहेका सुकुमबासीलाई हटाउनुअघि उचित व्यवस्थापन र पुनस्र्थापना गर्नु राज्यको पहिलो दायित्व हो । सरकारले आफ्ना कमजोरी सच्याउँदै तत्काल न्यायोचित व्यवस्थापन गर्नुपर्छ ।’ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा वालेन्द्र सरकारको कमजोरी भएको स्वीकार गरे । उनले भने, ‘लगातारको वर्षापछि भएको डुबानले समस्या निम्त्याएको सत्य हो । राज्यले यसको जिम्मेवारी लिनुपर्छ । हामी तत्कालका लागि आधारभूत आवश्यकता पूरा गर्न र दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्न केन्द्रित छौं ।’

साढे दुई महिनाअघि सारिएका सुकुमबासी परिवार आजपर्यन्त अस्थायी आश्रयमै छन् । त्यसमाथि सुरक्षित भनिएको स्थान नै डुबानमा परेपछि उनीहरूको राज्यप्रतिको भरोसा झन् कमजोर बनेको छ । होल्डिङ सेन्टरका कोठाहरू केही दिनमा सुक्लान्, राहत सामग्री पनि पुग्ला । तर शनिबार रातिको डुबानले सुकुमबासीको मनमा जन्माएको असुरक्षा र राज्यको प्रतिबद्धतामाथि उठेको प्रश्न यति सजिलै मेटिने देखिँदैन । उनीहरूको माग अहिले पनि उही छ-राहत होइन, सम्मानका साथ बाँच्न मिल्ने सुरक्षित र स्थायी बसोबास ।
 


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड आइतबार, असार २८, २०८३
बालेन सरकारविरुद्ध काठमाडौँको माइतीघरमा  प्रदर्शन
बालेन सरकारविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन आइतबार, असार २८, २०८३
तीन दिनमा आत्मदाहका तीन घटना, दुईको ज्यान गयो
तीन दिनमा आत्मदाहका तीन घटना, दुईको ज्यान गयो आइतबार, असार २८, २०८३
गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन
गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन आइतबार, असार २८, २०८३
प्रहरी नियन्त्रणमा रहेका २६ युवालाई रिहा गरिने
प्रहरी नियन्त्रणमा रहेका २६ युवालाई रिहा गरिने आइतबार, असार २८, २०८३
आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक
आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP