Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा सय सांसदलाई माफीको घोषणा
भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा सय सांसदलाई माफीको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १८, २०७७
Venezula
Hardik health
काराकास– भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ । माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएकोे छ तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ । मरेरो सन् २०१९ को मार्चमा पक्राउ परेको थियो । उनी तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो । माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने छैनन् । तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ । माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा विपक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि छन् । उनी सन् २०१७ मा राष्ट्रपतिविरूद्ध गरिएको आन्दोलनमा १२५ नागरिकको मृत्यु भएपछि राजधानी काराकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेको थियो । ग्वेभेराले सत्ता विरोधी अभियानमा सम्लग्न भएको आभियोगमा सुनुवाईका क्रममा आफूले स्वतन्त्रताका लागि आन्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र शरण लिन नजाने बताएको सर्वोच्च अदालतले जनाएको छ । माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि रहेको छ । यसबाहेक सजायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मुद्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ । यसैबीच माफीबारे विपक्षी नेता ग्वाइदोको अभियानमा सहभागी भएका कारण निर्वासनमा रहेका एक सांसद अमेरिको दे ग्राजियाले ‘मदुरो न त राष्ट्रपति हुन्, न त आफूू एक अपराधी’ भनी प्रतिक्रिया जनाएको छ । उनले भने, ‘यदि तपाई (मदुरो) भेनेजुएलामा शान्तिको लागि योगदान गर्न चाहानुहुन्छ भने देशलाई शक्तिको कब्जाबाट स्वतन्त्र गर्नुहोस्, हाम्रो जनतामा त्रासदी आइपर्दाको व्यवहारलाई छोड्नुहोस् अनि मात्र हामी तपाईंलाई धन्यवाद ज्ञापन गर्नेछौँ ।’ विपक्षी समूहले मदुरोलाई सन् २०१८ को पुनः निर्वाचनमा सत्ताको बलमा आफूलाई विजय घोषणा गरेको आरोप लगाउने गरेका छन् । अमेरिकी एक सर्वेक्षणले निर्वाचनमा व्यापक धाँधली भएको रिपोर्ट दिएको थियो । सन् २०१९ को जनवरीमा ग्वाइदोले मदुरोलाई राष्ट्रपतिको जिम्मेवारीका लागि अख्तियार नभएको भन्दै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेको थियो । यसलाई अमेरिका र अमेरिकाका सहयोगी करिब ५० राष्ट्रहरूले समर्थन जनाएका थिए भने रूस, चीनलगायतका देशहरूले मदुरोको समर्थन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०५:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP