Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा सय सांसदलाई माफीको घोषणा
भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा सय सांसदलाई माफीको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १८, २०७७
Venezula
Ncell
Hardik health
काराकास– भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ । माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएकोे छ तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ । मरेरो सन् २०१९ को मार्चमा पक्राउ परेको थियो । उनी तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो । माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने छैनन् । तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ । माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा विपक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि छन् । उनी सन् २०१७ मा राष्ट्रपतिविरूद्ध गरिएको आन्दोलनमा १२५ नागरिकको मृत्यु भएपछि राजधानी काराकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेको थियो । ग्वेभेराले सत्ता विरोधी अभियानमा सम्लग्न भएको आभियोगमा सुनुवाईका क्रममा आफूले स्वतन्त्रताका लागि आन्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र शरण लिन नजाने बताएको सर्वोच्च अदालतले जनाएको छ । माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि रहेको छ । यसबाहेक सजायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मुद्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ । यसैबीच माफीबारे विपक्षी नेता ग्वाइदोको अभियानमा सहभागी भएका कारण निर्वासनमा रहेका एक सांसद अमेरिको दे ग्राजियाले ‘मदुरो न त राष्ट्रपति हुन्, न त आफूू एक अपराधी’ भनी प्रतिक्रिया जनाएको छ । उनले भने, ‘यदि तपाई (मदुरो) भेनेजुएलामा शान्तिको लागि योगदान गर्न चाहानुहुन्छ भने देशलाई शक्तिको कब्जाबाट स्वतन्त्र गर्नुहोस्, हाम्रो जनतामा त्रासदी आइपर्दाको व्यवहारलाई छोड्नुहोस् अनि मात्र हामी तपाईंलाई धन्यवाद ज्ञापन गर्नेछौँ ।’ विपक्षी समूहले मदुरोलाई सन् २०१८ को पुनः निर्वाचनमा सत्ताको बलमा आफूलाई विजय घोषणा गरेको आरोप लगाउने गरेका छन् । अमेरिकी एक सर्वेक्षणले निर्वाचनमा व्यापक धाँधली भएको रिपोर्ट दिएको थियो । सन् २०१९ को जनवरीमा ग्वाइदोले मदुरोलाई राष्ट्रपतिको जिम्मेवारीका लागि अख्तियार नभएको भन्दै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेको थियो । यसलाई अमेरिका र अमेरिकाका सहयोगी करिब ५० राष्ट्रहरूले समर्थन जनाएका थिए भने रूस, चीनलगायतका देशहरूले मदुरोको समर्थन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०५:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP