Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
विचार
  • Home
  • विचार
  • युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३
राज कार्की

 

युवाहरू केबल राष्ट्रका भविष्य हुन् भन्ने वाक्य पुरानिएको छ । आजका युवा वर्तमानका कर्ता हुन् । उनीहरूलाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु भनेको उज्यालो भविष्य निर्माण गर्नु मात्र होइन, आजको समस्याको समाधान पनि हो । समाजमा सकारात्मक परिवर्तन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न, बेरोजगारीको समाधान खोज्न र राष्ट्र निर्माणको आधार तयार पार्न सकारात्मक सोच भएको युवाको खाँचो छ । यसैले हामी सबै अभिभावक, शिक्षक, नीति निर्माता, उद्यमी, समाजसेवी  मिलेर युवामा सकारात्मक सोच विकास गराउने कार्यलाई प्राथमिकता दिनुपर्छ । 
 

आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शंका छ, उद्देश्यभन्दा बढी अन्योल छ । यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो । त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।

आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा, र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो । सकारात्मक सोच भनेको हरेक परिस्थितिमा आशाको उज्यालो देख्ने सोच हो । यो सोचले व्यक्ति कठिनाइमा डराउनुको सट्टा समाधान खोज्न थाल्छ । जब जीवनमा समस्या आउँछ, नकारात्मक सोचले भन्छ, ‘अब केही हुँदैन ।’ तर सकारात्मक सोच भन्छ, ‘यही समस्या समाधानको नयाँ अवसर हो ।’ सकारात्मक सोच भनेको केबल सुखद् सपना देख्नुमात्र होइन, ती सपना साकार गर्न साहसपूर्वक संघर्ष गर्नु हो ।

Hardik health

सकारात्मक सोच कुनै जादू होइन, तर जीवनलाई सरल, सफल र सन्तुलित बनाउने सशक्त मानसिक अवस्था हो । हरेक परिस्थितिमा उज्यालो देख्न सक्ने दृष्टिकोण विकास गरेमा जीवनका चुनौती पनि अवसर बन्न सक्छन् । त्यसैले, सकारात्मक सोच केवल सोचको शैली होइन, यो जीवन जिउने कला हो । ‘म सक्छु’, ‘यो सम्भव छ’ भन्ने भावना जागृत गराउन, असफलतालाई पाठको रूपमा लिने प्रवृत्तिको विकासले नकारात्मक सोच विस्तारै हराउँदै जान्छ । ध्यान, योग वा मननले पनि मानिसको मानसिक स्पष्टता र सकारात्मक ऊर्जा ल्याउँछ ।

नेपालमात्र होइन, विश्वभर नै युवा पुस्ता मानसिक तनाव, बेरोजगारी, पारिवारिक दबाब र सामाजिक तुलनाको भारमा थिचिएका छन् । उनीहरू सामाजिक सञ्जालमा अरूको झूठो जीवनसँग आफ्नो वास्तविकता तुलना गर्दै आत्मग्लानि र हीन भावना पालिरहेका छन् । परिणामस्वरूप, आत्महत्या, मादकपदार्थको दुरुपयोग, अपराधमा संलग्नता र मानसिक रोग दिनदिनै बढ्दो क्रममा छ । यस्तो अवस्थामा उनीहरूलाई केबल शिक्षा दिएर पुग्दैन, उनीहरूलाई मानसिकरूपमा सशक्त बनाउनुपर्छ । सकारात्मक सोचमा आधारित जीवन सीपको प्रशिक्षण अहिलेको यथार्थ आवश्यकता हो ।

सकारात्मक सोचले आत्मविश्वासको विकास गराउँछ । उनीहरू असफलतालाई पनि सिकाइको अवसरका रूपमा लिन्छन् । यसले मानिलाई संकटमा अवसर देख्ने क्षमताको विकास गराउँछ । संकटमा रुने होइन, त्यो अवसरमा रूपान्तरण गर्ने सोच युवामा विकास हुन्छ । व्यक्तिको नेतृत्व विकासमा पनि यसले मद्दत गर्दछ । सकारात्मक सोच भएका युवा नेतृत्वको क्षमतामा अगाडि बढ्छन् । उनीहरू समस्या समाधानकर्ता बन्छन्, गुनासो गर्ने होइन । यदि युवामा सकारात्मक सोच विकास गरियो भने, उनीहरू केबल आफ्नै जीवन सुधार्न सक्ने होइनन्, समाज र राष्ट्रको निर्माणमा पनि महत्‍वपूर्ण योगदान दिन सक्ने छन् । त्यसैले आजको आवश्यकता भनेको युवालाई सही दिशामा सोच्न प्रेरित गर्नु हो ।

सकारात्मक सोच भएका व्यक्तिले समाजमा पनि विशिष्ट योगदान दिन सक्छन् । उनीहरू समाज सुधार, स्वदेशमै उद्यम स्थापना र राष्ट्र निर्माणमा योगदान दिन सक्षम हुन्छन् । साथै, उनीहरूले अरू व्यक्तिमा सकारात्मक ऊर्जा फैलाउने काममा पनि सकारात्मक सोच भएको व्यक्ति केबल आफू सफल हुँदैन, ऊ वरपर पनि सकारात्मक ऊर्जा फैलाउँछ । यसले सामाजिक सद्भाव र एकता बढाउँछ । मानसिक स्वास्थ्यका लागि पनि सकारात्मक सोच हुन आवश्यक छ । यसले तनाव, चिन्ता र डिप्रेसनलाई घटाउँछ । साथै, कुनै समस्यामा आइपरेमा हार मान्नुको सट्टा समाधान खोज्ने प्रेरणा दिन्छ । आत्मबल र आत्मविश्वास बढाउने हुँदा आफैंप्रति विश्वास जन्माउँछ, जसले लक्ष्य प्राप्तिमा मद्दत पु¥याउँछ । यसले सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्ने हुँदा सामाजिक सम्बन्ध सुदृढ हुन्छ । सकारात्मक व्यक्ति जहिले पनि नयाँ अवसरको खोजीमा रहन्छ र नवप्रवर्तनप्रति आफूलाई केन्द्रित राख्दछ ।

युवामा सकारात्मक सोचको विकास जागृत गराउन प्रशिक्षणको आवश्यकता छ । यसका लागि पहिलो कुरा हाम्रो शिक्षा प्रणालीमा परिवर्तनको खाँचो छ । विद्यालय र कलेजले पाठ्यक्रममा जीवन सीप, सकारात्मक मनोविज्ञान, र भावनात्मक बुद्धिमत्ताजस्ता विषय समावेश गर्नुपर्छ । समय-समयमा युवालाई नियमितरूपमा प्रेरणादायी व्यक्तित्वबाट सेमिनार, व्यापार वार्ता, सफलताको कथाजस्ता कार्यक्रम आयोजना गरी आशाको सञ्चार राइराख्नुपर्छ । अनुभवी व्यक्तिबाट व्यक्तिगत मार्गदर्शन दिने मेन्टरसिप कार्यक्रम सञ्चालन गर्न सकिन्छ । युवाहरूले गलत बाटोमा लाग्ने वा आफ्नो जीवनप्रति नैराश्य भाव राख्नुमा परिवार र समाजको कारण पनि रहेको हुन्छ । त्यसैले परिवारमा खुलेर बोल्ने वातावरण, सन्तुलित संवाद, हौसला दिने संस्कारको विकासमा परिवार र समाजको पनि उत्तिकै भूमिका रहेको हुन्छ । आवश्यक छ । समाजले युवालाई सुन्न, बुझ्न र मार्गदर्शन गराउन सक्छ । त्यस्तै सामाजिक सञ्जालमा सकारात्मक विचार, प्रेरणादायी भिडियो, लेख, र पोस्टहरूको प्रवद्र्धन गरिएमा त्यसले सकारात्मक नतिजा ल्याउँछ ।

नेपालजस्तो मुलुक जहाँ जनसंख्याको ठूलो हिस्सा युवामा आधारित छ, त्यहाँ सकारात्मक सोचले देशको दिशा नै बदल्न सक्छ । युवा सोच नै परिवर्तनशील छ, यसलाई सही दिशामा हिँडाउने हो भने त्यो समाज रूपान्तरणको मूल इञ्जिन बन्न सक्छ । नेपालमा विगतका राजनीतिक, आर्थिक र सामाजिक उतारचढावले धेरै युवा निराश छन् । उनीहरू विदेशी भूमिमा श्रम बेच्न विवश छन् । यदि तिनै युवालाई सकारात्मक सोच, उद्यमशीलता, आत्मनिर्भरता र सम्भावनाको आँखा देखाइयो भने नेपाल आफैं अवसरको भण्डार बन्न सक्छ ।

आजको अस्वस्थ शैक्षिक र व्यावसायिक प्रतिस्पर्धाले अधिकांश युवामा निराशा फैलाएको छ । अभिभावक र समाजको दबाबले पनि उनीहरूको मनोबल घटाएको पाइन्छ । बढ्दो सामाजिक सञ्जालको प्रयोगले अरूसँग तुलना गर्ने प्रवृत्तिले गर्दा आत्महीनताको भावना पैदा गरेको छ । विद्यालय, परिवार र समाजमा प्रेरणात्मक मार्गदर्शन तथा सकारात्मक सोच सिकाउने वातावरणको अभाव छ । यो समस्या समाधानका लागि सर्बप्रथम परिवार, विद्यालय र समुदायबाट नै सकारात्मक सोचको अभ्यास सुरु गर्नु आवश्यक छ । हाम्रो शिक्षा प्रणालीमा जीवन मूल्यको महत्‍वसमबन्धी पाठ्यसामग्री समावेश गर्नुपर्ने आवश्यकता छ । युवालाई लक्षित गरी प्रेरणादायी कार्यक्रम, तालिम र सेमिनार सञ्चालन गर्न सकिन्छ । सफल व्यक्तिका संघर्ष कथा पनि युवालाई प्रेरणा दिने माध्यम बन्न सक्ने हुँदा त्यस्ता प्रेरक व्यक्तिसँग सत्सँग गराउने वा उनीहरूका बारेमा लेखिएका सामग्री पढ्ने अवसर प्रदान गर्न सकिन्छ ।

युवा शक्ति भनेको राष्ट्र निर्माणको मेरुदण्ड हो । ती युवा जसले साहस, लगनशीलता र दृष्टिकोण बोकेर अघि बढ्छन्, उनीहरूले देशको भविष्य बोकेर हिँडिरहेका हुन्छन् । उनीहरूको कर्म, संघर्ष र नवीन सोचले देशलाई समृद्धिको यात्रामा डो¥याउँछ । तर, केबल युवाको जोशले मात्र देश बोक्न सम्भव छैन, सरकारले नीति, अवसर र संरचना निर्माण गरेर ढोका खोलिदिनुपर्छ । सरकारको सहकार्यले युवाको ऊर्जा दिशा पाउँछ, अवसरमा बदलिन्छ र देश समृद्धिको पथमा अगाडि बढ्छ । हुन त युवा आफैंले पनि अवसर सिर्जना गर्न सक्दछन्, तर सहकार्यविना परिवर्तन दिगो हँुदैन । जब युवा र सरकार एउटै लक्ष्यमा सहमत हुन्छन्, तब देश बदलिन्छ, सपना साकार हुन्छ, र इतिहास बन्नसक्छ ।

युवाहरू केबल राष्ट्रका भविष्य हुन् भन्ने वाक्य पुरानिएको छ । आजका युवा वर्तमानका कर्ता हुन् । उनीहरूलाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु भनेको उज्यालो भविष्य निर्माण गर्नु मात्र होइन, आजको समस्याको समाधान पनि हो । समाजमा सकारात्मक परिवर्तन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न, बेरोजगारीको समाधान खोज्न र राष्ट्र निर्माणको आधार तयार पार्न सकारात्मक सोच भएको युवाको खाँचो छ । यसैले हामी सबै अभिभावक, शिक्षक, नीति निर्माता, उद्यमी, समाजसेवी  मिलेर युवामा सकारात्मक सोच विकास गराउने कार्यलाई प्राथमिकता दिनुपर्छ । शिक्षाले ज्ञान दिन्छ, तर सकारात्मक सोचले जीवन बदल्छ । त्यो जीवन परिवर्तन नै समाज रूपान्तरणको प्रारम्भ हो । आजको यथार्थमा, जहाँ धेरै युवा विदेसिन चाहन्छन्, त्यहाँ यस्तो सन्देशले नयाँ आशा जगाउँछ, ‘युवाले देश बोक्न तयार छन्, सर्त केवल यति हो, सरकारले ढोका खोलिदियोस् ।’ 

 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP