Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २३, २०८३

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रको कूल बजेटको करिब ५९ प्रतिशत रकम रासायनिक मल आपूर्तिका लागि विनियोजन गरिएको बताएकी छन्।  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले बताएकी हुन् । 

उनले आगामी आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालयअन्तर्गत रासायनिक मल आपूर्तिका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । आगामी आवका लागि सङ्घीय निकायतर्फ ६० अर्ब ३० करोड, प्रदेशमा सशर्त अनुदानतर्फ सात अर्ब ७१ करोड, स्थानीय तहमा सशर्त अनुदानतर्फ तीन अर्ब २० लाख र वित्तीय व्यवस्थातर्फ दुई अर्ब १० करोड गरी मन्त्रालयको कूल बजेट ७३ अर्ब १२ करोड रुपैयाँ विनियोजन रहेको मन्त्री चौधरीले जानकारी गराइन् ।

उनका अनुसार कृषि बिमाका लागि दुई अर्ब १९ करोड रुपैयाँ, उखु कृषकलाई दिइने प्रोत्साहन अनुदानका लागि एक अर्ब ५० करोड रुपैयाँ, प्राङ्गारिक मलमा अनुदानका लागि ३५ करोड रुपैयाँ, कृषि अनुसन्धान कार्यक्रमका लागि दुई अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि दुई अर्ब ६२ करोड रुपैयाँ, पहाडी काष्ठफल तथा फलफूल विकास आयोजनका लागि एक अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ । त्यसबाहेक उच्च मूल्य कृषिवस्तु उत्थानशील आयोजनाका लागि एक अर्ब ४५ करोड रुपैयाँ राष्ट्रिय चुरे संरक्षण आयोजनाका लागि ९७ करोड रुपैयाँ, जलवायु उत्थानशील चुरे कार्यक्रमका लागि एक अर्ब रुपैयाँ, जैविक विविधता तथा जलाधार व्यवस्थापन कार्यक्रमका लागि  ८८ करोड रुपैयाँ विनियोजन भएको उनले बताइन्।

Hardik health

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, दिगो वन व्यवस्थापनका कार्यक्रमलाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । आगामी आव २०८३/८४ को बजेट वक्तव्यमाको बुँदा नं. २४ (क) मा उल्लेख भएको ‘न्यूनतम दुई करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रम’ सरकारको पाइलट कार्यक्रमका रुपमा रहेको मन्त्री चौधरीले बताइन् ।   मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध हुने प्रतिबद्धता  प्राप्त भएको उनले सुनाइन् ।
 


प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP