Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं
दामोदर खनाल
दामोदर खनाल मंगलबार, असार २३, २०८३
दामोदर खनाल

 

असार महिनामा धमाधम विकास निर्माणका काम भएका छन् । तर काम गुणस्तरीय नभएका कारण टिकाउ भएको देखिँदैन । कतिपय ठेकेदार दुई÷तीन जना कामदार देखाएर करोडौंको काम भइरहेको छ भनी बिल भरपाई मिलाउन÷भुक्तानी लिनमै व्यस्त छन् । कतिपय ठेकेदारले स्थानीय सरकारले नदीजन्य पदार्थ उपलब्ध नगराएका कारण काम समयमा नसकिएको दाबी गरिरहेका छन् । तसर्थ यस्तो विकासले मुलुकमा समृद्धि हुन सक्दैन र लक्षित वर्ग लाभान्वित पनि हुन सक्दैनन् ।

विकास मुलुकमा भएको स्रोत साधन र विदेशी ऋण सहयोगको सही सदुपयोग गर्नु हो । जुन कार्यबाट लक्षित वर्गले लाभ लिन सकून् भन्ने नै हो । मुलुकको ७७ वटै जिल्लामा के आवश्यक छ, के कस्तो सम्भावना छ, राम्रो गरी बुझेर बजेट विनियोजन हुन आवश्यक छ । विनियोजित बजेटको उपयुक्त सदुपयोग हुन पनि त्यत्तिकै आवश्यक हुन्छ । विकासका लागि यथार्थमा नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकनजस्ता विषय महत्‍वपूर्ण हुन्छ । विकास निर्माणलाई मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधारहरुले पनि प्रभाव पार्दछ । अनि तीन तहको सरकारको समन्वयको पनि महत्‍वपूर्ण भूमिका रहन्छ ।

यद्यपि, हाम्रो विकास गर्ने चलन पनि अचम्मै लाग्दो छ । अहिले असारको महिना ठाउँ-ठाउँमा वर्षा भइरहेको छ । अनि यसैबीच जताततै असारमा विकास निर्माणका काम धमाधम सुरू भएको छ । बजेट सक्न पानीमै सडक कालोपत्रे, वाल निर्माण, ढलाइजस्ता काम रोकिएको छैन । आर्थिक वर्षको अन्त्य असार महिनामा हुने यस्ता विकास निर्माणका कार्यले अनियमितता बढाउँछ । सरकारी बजेटको दुरुपयोग हुनुको साथै भ्रष्टाचारलाई बढावा दिन्छ । ११ महिना कानमा तेल हालेर बस्ने हाम्रा सरकारी विकासे अड्डा अहिले रातमा पनि काममा तल्लीन देखिएका छन् । कतिपय विकासे अड्डामा बिल भरपाई मिलाउन पनि भ्याइनभ्याइ छ । जहाँ हुने काम पनि भएको देखिन्छ नहुनपर्ने काम पनि भइराखेको देखिन्छ । अनि सरोकारवाला निकाय पनि तै चुप मै चुप देखिएका छन् । नयाँ भनेर आशा गरिएको सरकारको पनि यस्ता गतिविधिमा ध्यान जान सकेको देखिँदैन ।

Hardik health

यथार्थ कुरा गर्दा मुलुकमा तीन तहको सरकार छ । हाम्रा जनप्रतिनिधिहरुले पनि पुरानै पञ्चायतकालीन संस्कारमा काम गर्न छाडेका छैनन् । जसका कारण विकास, समृद्धि र राहत पाउने आशामा रहेका जनताले ‘पुराना राजा गए, नयाँ राजा महाराजा आए’ भन्न छाडेका छैनन् । त्यसै त हाम्रो विकास बजेट कम छ, त्यसमा पनि विनियोजित रकम पूरै खर्च हुन सक्दैन । कतिपय कार्यालयका कतिपय शीर्षकको बजेट नीति नियम झण्झटिलो भएका कारण कामै नभएर बजेट फ्रिज हुन जान्छ र जनताले विकासको अनुभूति गर्न पाउँदैनन् । नीति नियमले काम गर्न अप्ठ्यारो पार्दछ भने यस्ता नीति नियमलाई किन सहज बनाएर बजेट विनियोजन गरिँदैन त ? प्रश्न उब्जिएको छ ।

असार महिनामा धमाधम विकास निर्माणका काम भएका छन् । तर काम गुणस्तरीय नभएका कारण टिकाउ भएको देखिँदैन । कतिपय ठेकेदार दुई÷तीन जना कामदार देखाएर करोडौंको काम भइरहेको छ भनी बिल भरपाई मिलाउन/भुक्तानी लिनमै व्यस्त छन् । कतिपय ठेकेदारले स्थानीय सरकारले नदीजन्य पदार्थ उपलब्ध नगराएका कारण काम समयमा नसकिएको दाबी गरिरहेका छन् । तसर्थ यस्तो विकासले मुलुकमा समृद्धि हुन सक्दैन र लक्षित वर्ग लाभान्वित पनि हुन सक्दैनन् ।

साँच्चै विकास निर्माण स्तरीय तरिकाले मजबुत गराउने हो भने असारमा काम गर्ने परिपाटी बन्द नै गर्नुपर्दछ । असारदेखि असोजसम्म नीति निर्माण योजना तर्जुमा गरी बजेट निकाशा गरी असोजबाट जेठ मसान्तसम्म काम गर्ने नयाँ परिपाटीको सुरूआत गर्न जरुरी छ । यसो गर्न सके वर्षामा गरिएका विकास निर्माणका कामभन्दा निकै मजबुत र राम्रो काम हुनसक्छ । विकासको फल लक्षित वर्गले पनि पाउने छन् । यथार्थ कुरा गर्दा जेठ-असारको महिना सरकारी विकासे अड्डालाई बजेट सक्ने चटारो नै हुन्छ । यो दुई महिनामा हाम्रो मुलुकमा विकास निर्माणका करिब ५० प्रतिशत काम सम्पन्न हुन्छ । यो महिनामा सडक, नाली, पुल, पुलेसामा सिमेन्ट, अलकत्रालगायतको काम बढी हुने गर्दछ ।

यतिखेर विभिन्न संघसंस्था पनि बजेट सक्न निकै व्यस्त देखिन्छन् । सरकारी तालिम, गोष्ठी, अन्तरक्रिया पनि हुने गर्दछन्् जुन कामले लक्षित वर्गलाई खासै फाइदा पुग्दैन । कतिपय स्थानीय तह, प्रदेश सरकारहरु पनि आफूले कतिपयलाई गुण लगाउन दिएको बजेटको कार्यक्रमको आफैं प्रमुख अतिथि बनेर कार्यक्रम गरेको पनि पाइन्छ । यस्ता कार्यक्रमले लक्षित वर्गलाई खासै लाभ भने दिँदैन । अनि कतिपय निर्माण कार्य भएका क्षेत्रमा कामको रेखदेख चेकजाँच गर्न प्राविधिकहरुको उपस्थिति पनि देखिँदैन जसले गर्दा सामान्य मजदुरकै भरमा काम हुने गर्दा काममा गुणस्तरीय हुने कुरै भएन । 

पछिल्लो समय संघसंस्था, नतापाता, व्यक्तिका जोडबलमा परेका स-साना बजेटका योजना कतिपय व्यक्तिको कमाइ खाने योजना पनि बनेका छन् । मठमन्दिर, पाटीपौवा, कुलो, सानातिना सडक, ढल, नालीजस्ता योजनाका काममा पनि व्यापक अनियमितता भएको जनगुनासो पाइन्छ । हामीले विकास निर्माणलाई प्रभावकारी बनाउने हो भने अब आर्थिक वर्षलाई वैशाखदेखि चैत मसान्तसम्मलाई एक आर्थिक वर्ष मानेर परिवर्तन गर्न जरुरी छ । अनि सरकारले जेठ १५ मा बजेट भाषण गर्ने असारमा अघिल्लै वर्षको काम गर्ने परिपाटी पनि अव्यावहारिक र नमिल्दो नै भएको छ । बजेट भाषणपछि धेरै वस्तुको मूल्यमा पनि उतारचढाव आउने भएकाले आर्थिक वर्षको अन्त्यमा नै बजेट भाषण गर्नु उपयुुक्त हुने छ । र, हाम्रा राष्ट्रसेवक कर्मचारीले पनि पदीय जिम्मेवारी बहन गरेर कामको अनुगमनमा ध्यान दिई विकास निर्माणका काम जिम्मेवारीपूर्वक गराउन जरुरी छ ।


प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP