काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएपछि बैठक सुरु भएको हो ।
बैठकमा पेस हुने एजेन्डाबारे केही थाहा नभएको केन्द्रीय सदस्य कुशुम श्रेष्ठले जानकारी दिइन् । सभापति रवि लामिछानेले निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई शपथ गराएका थिए । विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । विधान अनुसार तीमध्ये ५१ जना सभापतिले मनोनयन गर्नेछन् ।