Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कृषि
  • Home
  • कृषि
  • रोकिएको नेपाली चिया पुनः भारतमा निर्यात सुरु
रोकिएको नेपाली चिया पुनः भारतमा निर्यात सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १६, २०८३

काठमाडौं -  भारतमा निर्यात रोकिएको नेपाली चिया पुनः सुरु भएकाे छ ।भारतलेकरिब दुई महिनापछि गुणस्तर परीक्षणसम्बन्धी नियममा परिवर्तन गर्दै अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित प्रणाली लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाका हुँदै चिया निर्यात फेरि सञ्चालनमा आएको हो।

रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएपछि चिया उद्योग र किसानमा केही राहत र आशा जागेको छ।  निकासी अवरुद्ध हटेसँगै उद्योगमा थन्किएको चिया अब भारतीय बजारतर्फ पठाउन थालिएको छ भने नयाँ अर्डरहरू पनि आउन थालेका छन्। नयाँ व्यवस्थाअनुसार नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा मात्रै नमुना परीक्षण हुने छ।

निर्यात रोकिँदा इलामका उद्योगहरूमा करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो, जसले उद्योगी र किसान दुवैलाई ठूलो आर्थिक दबाब पारेको थियो। अहिले निकासी सहज बनेपछि थन्किएको चिया बजारमा पठाउने काम तीव्र बनाइएको छ।

Hardik health

नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू भारततर्फ प्रवेश गर्न थालेका छन्। व्यवसायीहरूले भारतीय बजारबाट नयाँ माग आउन थालेको र व्यापार विस्तारको संकेत देखिएको बताएका छन्।

चिया निर्यात सहज बनाउन नेपाल सरकारले कूटनीतिक पहललाई पनि सक्रिय बनाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सम्बन्धित मन्त्रालय र निकायहरू सम्मिलित कार्यदल गठन गरी भारतीय पक्षसँग निरन्तर संवाद गरिएको थियो। त्यसकै परिणामस्वरूप भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रक्रिया केही खुकुलो बनाउने निर्णय गरेको हो।

तर व्यवसायीहरू अझै पूर्ण रूपमा आश्वस्त भने छैनन्। पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नभएकाले नमुना परीक्षणका लागि अझै कोलकाता पठाउनुपर्ने बाध्यता कायम छ। साथै भारतीय पक्षले आवश्यक परेमा आकस्मिक परीक्षण गर्न सक्ने व्यवस्था पनि यथावत् छ।

व्यवसायीहरूको भनाइमा तत्कालका लागि निकासी खुला भए पनि यसको दीर्घकालीन स्थायित्व भारतको व्यवहार र दुई देशबीचको समन्वयमा निर्भर रहनेछ। अहिले भने निर्यात पुनः सुरु भएसँगै उद्योग, किसान र निर्यातकर्तामा केही आशा र राहत देखिएको छ।

 


प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी मंगलबार, असार २३, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP