Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कृषि
  • Home
  • कृषि
  • कार्यान्वयनमा ल्याइन् कृषिमन्त्री चौधरीले कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्ड ,सुगमका कर्मचारी दुर्गम सरुवा हुने
कार्यान्वयनमा ल्याइन् कृषिमन्त्री चौधरीले कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्ड ,सुगमका कर्मचारी दुर्गम सरुवा हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १६, २०८३

काठमाडौं -  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भित्र सुशासन कायम गर्न र अनुसन्धान कार्यलाई देशको आवश्यकता अनुसार अघि बढाउन कडा कानुनी मापदण्ड ल्याएकी छिन्। नार्कमा वर्षौंदेखि राजनीतिक पहुँचका आधारमा काठमाडौँमै टिकिरहने र त्यहीँबाट अवकाश पाउने गलत प्रवृत्तिको अन्त्य गर्न मन्त्री चौधरीले ‘कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनमा ल्याएकी हुन्।

यो नयाँ व्यवस्था लागू भएसँगै सुगममा मात्र बसेर शक्ति र पहुँचको दुरुपयोग गर्ने दिन सकिएका छन् भने दुर्गमका कार्यालयहरूमा देखिएको कर्मचारी अभावको समस्या पनि समाधान हुने विश्वास गरिएको छ। मन्त्री चौधरीका अनुसार धेरैजसो कर्मचारी काठमाडौँ केन्द्रित हुँदा र दुर्गमका कार्यालयहरूमा जनशक्तिको चरम अभाव हुँदा संस्थाको अनुसन्धान कार्यमा गम्भीर विसंगति र असमानता सिर्जना भएको थियो। यसले गर्दा नेपालको फरक-फरक भौगोलिक क्षेत्र र किसानको आवश्यकता अनुसार हुनुपर्ने कृषि अनुसन्धान कार्यमा समेत निकै ठूलो नकारात्मक प्रभाव परेको थियो।

यही प्रशासनिक बेथिति र विकृतिलाई जरैदेखि चिर्नका लागि मन्त्रीले यो निर्मम निर्णय लिएको बताइएको छ।नयाँ मापदण्ड अनुसार अब कर्मचारीहरूको सरुवा बिना कारण र जुनसुकै बेला नभई एउटा निश्चित समयावधि पूरा भएपछि मात्र कानुन सम्मत् तरिकाले हुनेछ। पहुँचवालाहरूले एउटै सुगम वा समान प्रकृतिको भौगोलिक वर्गका कार्यालयहरू बीच मात्रै सरुवा मिलाएर काठमाडौँ वरपर बसिरहन पाउने छैनन्।

Hardik health

यसका साथै प्रशासनिक सुशासनलाई मजबुत बनाउन विभागीय कारबाहीको प्रक्रियामा रहेका कुनै पनि कर्मचारीलाई कार्यालय प्रमुख जस्तो जिम्मेवार पद नदिने र भइरहेकाहरूलाई तत्काल हटाउने व्यवस्था समेत गरिएको छ। अब उप्रान्त कुनै पनि कार्यालयको कमाण्ड वा जिम्मेवारी तोक्दा पद र वरिष्ठताका आधारमा मात्र न्यायोचित ढंगले तोकिनेछ, जसले नार्कको अनुसन्धानलाई थप व्यावसायिक र किसानमुखी बनाउने अपेक्षा गरिएको छ।

 


प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ११:१४
#कृषि तथा पशुपंछी विकास मन्त्रालय
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी मंगलबार, असार २३, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP