चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनले आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मंगलबारको बन्दसत्रमा उनी सहभागी भएका थिए ।
महाधिवेशनबाट रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका हुन् ।
महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएका छन् । यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।