Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कृषि
  • Home
  • कृषि
  • रासायनिक मलको विकल्पमा ढैँचा
रासायनिक मलको विकल्पमा ढैँचा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ९, २०८३

तानसेन- माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेकाे तीन वर्ष पुगेको छ ।  समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेका हुन् । 

किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताए । उनले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाले पूर्ति गर्ने भएकाले आफूले प्रयोग गर्दै आएको जानकारी दिए ।माथागढी गाउँपालिका रुप्सेका किसान छवि थापाले पनि ढैँचा लगाएको खेत जोतेर धान रोपाइँ गर्दै छन् । उहाँले रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल अर्थात् ढैँचा प्रयोग गर्दै आएको सुनाए । ढैँचाबाट माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि अन्नबाली लगाएका स्थानमा रासायनिक मल नछरेको उनले सुनाए ।

“रासायनिक मलको विकल्पमा माटोका लागि ढैँचा लगाउँदै आएको छु”, उनले भने, “धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाबाट पूरा हुँदोरहेछ ।” पूर्वखोलाका पुराना किसान ईश्वरी खनालले पनि रासायनियक मलको सट्टा हरियो मल ढैँचा नै प्रयोग गर्दै आएका छन् । उनी भन्छन्, “आफ्नो हातपाखुरामा बल हुँदासम्म बोरामा आउने रासायानिक मलको प्रयोग गर्दिनँ, अहिलेसम्मै हरियो मलका भरमा धानखेती गर्दै आएको छु, यसबाट राम्रो उत्पादन हुन्छ”, उनले भने, “यो कुनै नयाँ प्रयोग होइन । बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ ।”

Hardik health

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचा बोटलाई खेत हिल्याउने क्रममै प्रयोग गरिन्छ । यसरी प्रयोग गरिएको ढैँचाको बोट चारदेखि सात दिनमा कुहिएर मल बन्दछ । विश्वकर्मा, थापा र खनालमात्रै होइन, पछिल्लो समय जिल्लाका माडी फाँट क्षेत्रमा पर्ने केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, तिनाउ गाउँपालिकाको दोभान र झुम्साका किसानले रासायनिक मलको विकल्पमा हरियो मल ढैँचाको प्रयोग बढाएका छन् । रासायनिक मलको अभाव, माटोको उर्वराशक्ति संरक्षणको आवश्यकता तथा उत्पादन लागत घटाउने उद्देश्यले यहाँका किसान हरियो मलका रूपमा प्रयोग हुने ढैँचा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यादवका अनुसार ढैँचाखेतीले माटोमा जैविक पदार्थको मात्रा बढाउनुका साथै नाइट्रोजनको आपूर्ति गर्न मद्दत गर्छ भन्छन् । ढैँचाखेतीले वातावरण संरक्षणमा योगदान पुर्याउने भएकाले यसको प्रयोग विस्तार गर्न आवश्यक रहेको छ । माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत ढैँचाले मद्दत गर्ने कृषि अर्थविज्ञ यादवले बताए । धान रोपाइँअघि खेतमा ढैँचा लगाई केही समयपछि जोतेर माटोमा मिसाउँदा माटोको गुणस्तर सुधार हुने र बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने भएकाले किसानहरू सजिलै यसतर्फ आकर्षित भएका हुन् ।

दोभानका किसान शिशिर खनालका अनुसार रासायनिक मलको बढ्दो मूल्य र समयमै उपलब्ध नहुने समस्याका कारण वैकल्पिक उपायका रूपमा ढैँचाखेती प्रभावकारी बन्दै गएको छ । “ढैँचा प्रयोग गरेपछि माटो खुकुलो हुने र धानको उत्पादन राम्रो भएको अनुभव गरेका छौँ”, उनले भने ।  कृषि ज्ञान केन्द्रका प्राविधिकले माटो परीक्षण, ढैँचाखेतीको महत्वबारे किसानलाई प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेका छन् । 
 


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता
किसानलाई पेन्सन दिने सरकारकाे प्रतिबद्धता आइतबार, असार २८, २०८३
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध शनिबार, असार २७, २०८३
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी
‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’: मन्त्री चौधरी बिहीबार, असार २५, २०८३
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी मंगलबार, असार २३, २०८३
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
प्रांगारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष मंगलबार, असार २३, २०८३
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP