Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भूमिहीनलाई चाँडो लालपूर्जा देऊ
भूमिहीनलाई चाँडो लालपूर्जा देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ५, २०८३

सरकारले काठमाडौंका नदीकिनारामा बसोबास गर्दै आएका भूमिहीनलाई हटाएको दुई महिना पुग्नै लागेको छ । वैशाख १२ गते १२ लाख २० हजारभन्दा बढी भूमिहीनलाई सरकारले मनोहरा, थापाथली, सिनामंगलदेखि विभिन्न स्थानबाट हटाएको थियो । 

उनीहरुलाई सरकारले होल्डिङ सेन्टरमा बोलाएर सुचीकृत हुन आग्रह गरेको थियो । होल्डिङ सेन्टरमा राखेका कतिपय भूमिहीनले खानसमेत राम्रोसँग खान नपाएको आरोप लगाउँदै आएको छ । तर होल्डिङ सेन्टरमा आइ सुचीकृत बनेका भूमिहीन र संयुक्त परिवारलाई भत्तासमेत उपलब्ध गराउन थालेको छ । 

भत्ता प्रदान गरे पनि उनीहरुको उचित व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता हो । तर कुनै तयारी सरकारले अझै गरेको छैन । देशका विभिन्न भागमा भूमिहीनलाई चार रोपनीभन्दा बढी जमिन दिने सरकारको तयारी भए पनि कसरी वितरण गर्ने भन्ने विषयमा कार्यविधि बनेको छैन ।

Hardik health

भूमिहीनलाई लालपूर्जा दिन गठन भएको भूमि समस्या समाधान आयोगले धेरैजसो अधिकार जिल्ला समितिलाई नै दिने भनेको छ । जिल्ला भूमि समस्या समाधान प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ७७ जिल्लामै गठन भइसकेको छ । होल्डिङ सेन्टरमा रहेका भूमिहीनलाई कुन ठाउँमा कसरी राख्ने भन्ने विषयमा कुनै पनि योजना पनि सरकारले बनाएको देखिँदैन । समितिसँग जग्गा नापजाँच गर्न र खोजबिन गर्न पर्याप्त कर्मचारीसमेत देखिँदैन । अर्को विषय अब मनसुन शुरु भएसँगै बाढीपहिरोको जोखिमसमेत बढ्न थालेको छ ।

यस्तो अवस्थामा होल्डिङ सेन्टरमा रहेकाहरु आत्तिएका छन् । भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भने असारको तेस्रो सातादेखि लालपुर्जा वितरण गरेर समस्या समाधान गर्ने दाबी गरेकी छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा बुधबार सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्री रावलले यस्तो दाबी गरेकी हुन् । उनले दाबी गरेजस्तो सरकारी तयारी कहीकतै देखिन्न ।

डिजिटल प्रविधिको विकास गर्न नसक्दा सरकारले वास्ताविक भूमिहीन ठम्याउन सकिरहेको छैन । त्यसैले पनि सरकारले हरेकलाई भूमिहीन भनेर स्वघोषणा गर्न आह्वान गरेको छ । जबकि कतिपयले अव्यवस्थित बास बस्दै आएकाहरुको पनि पुस्तेनी जग्गाजमिन रहेको बताइएको छ । यस्तो अवस्थामा सरकारले कुनै जाँचविनै लालपूर्जा वितरण गर्नु पनि अवैज्ञानिक हुन जान्छ ।

अर्को विषय भनेको भूमिहीनलाई जग्गाजमिन भन्दा पनि रोजगारी पनि मुख्य विषय हो । यसैले वास्तविक भूमिहीनको पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर सरकारले चाँडोभन्दा चाँडो लालपुर्जा वितरण गर्नुपर्छ ।


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP