काठमाडौं -आजको प्रतिनिधिसभा बैठक १५ मिनेटकाे लागि स्थगित भएकाे छ ।
आजको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङलगायतले राेस्टम घेरेर बसेपछि सभामुख डाेलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटकाे लागि स्थगन भएकाे जानकारी गराएका हुन् ।
आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आएको थियो । सभामुख अर्यालले पटकपटक आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई आग्रह गरेको थियो ।
विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।