Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसियाली खेलकुद २०२६ को पौडी छनोट प्रक्रियाप्रति खेलाडीहरूको असन्तुष्टि
एसियाली खेलकुद २०२६ को पौडी छनोट प्रक्रियाप्रति खेलाडीहरूको असन्तुष्टि
विविशा पाैडेल
विविशा पाैडेल मंगलबार, असार २, २०८३

काठमाडौं- नेपाल पौडी संघले तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिपको क्रममा एशियाली खेलकूद छनोट प्रक्रियाप्रति खेलाडीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । खेलाडीहरूले होलिडे इन एक्सप्रेस होटलमा मंगलबार पत्रकार सम्मेलनमार्फत  जानकारी गरेका हुन् ।

खेलाडीहरूका अनुसार नेपाल पौडी संघले वैशाख १० गते जारी गरेको सूचनामा २०८३ साल जेठ २३ र २४ गते आयोजना हुने तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिपलाई जापानमा हुने एशियाली खेलकूदको प्रि(क्वालिफिकेशन प्रतियोगिताका रूपमा उल्लेख गरेको थियो ।

उक्त सूचनामा महिला र पुरुषतर्फ ८-८ जना खेलाडीलाई अन्तिम छनोट चरणका लागि चयन गरिने तथा असारको तेस्रो साता अन्तिम छनोट प्रतियोगिता सञ्चालन गरी एशियाली खेलकूदका लागि प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिने स्पष्ट व्यवस्था गरिएको थियो।

पछि जेठ ७ गते अर्को सूचना जारी गर्दै केही स्पर्धाहरूमा परिवर्तन गरिए पनि छनोटको मूल मापदण्ड भने यथावत् राखिएको खेलाडीहरूको भनाइ छ । सोही आधारमा आफूहरूले तयारी गरेको उनीहरूको दाबी छ । तर प्रतियोगिताको दोस्रो दिन जेठ २४ गते बिहान संघले हस्ताक्षर र छापबिनाको सूचना सार्वजनिक गर्दै प्रतियोगितालाई नै एशियाली खेलकूदको अन्तिम छनोटका रूपमा परिणत गरिएको तथा ८-८ जना खेलाडीको सट्टा महिला र पुरुषतर्फ २-२ जना मात्र छनोट गरिने व्यवस्था गरेको आरोप खेलाडीहरूले लगाएका छन् ।

Hardik health

खेलाडीहरूको भनाइमा, आधाभन्दा बढी खेल सम्पन्न भइसकेपछि छनोटको मापदण्ड परिवर्तन गरिएको निर्णयले प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठाएको छ । उनीहरूले राष्ट्रिय खेलकूद परिषद्ले जेठ २२ गते पत्राचार गर्दै पाँच दिनभित्र एशियाली खेलकूदका लागि खेलाडी छनोट गर्न निर्देशन दिएको विषयलाई आधार बनाएर नियम परिवर्तन गरिएको दाबी गरेका छन् ।

खेलाडीहरूले नेपाल पौडी संघले आफ्नै पूर्वनिर्धारित नियम तथा मापदण्ड उल्लंघन गरेको आरोप लगाउँदै यस घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूका अनुसार एशियाली खेलकूद आयोजक पक्षले प्रतियोगितामा सहभागी खेलाडीहरूको नाम असारको अन्तिम सातासम्म पठाउन सकिने व्यवस्था गरेको छ ।

घटनापछि आफूहरू मानसिक रूपमा प्रभावित भएको उल्लेख गर्दै खेलाडीहरूले खेलाडीमाथि अन्यायपूर्ण निर्णय हुन नदिन र भविष्यमा कुनै पनि खेल संस्था वा संघले प्रतियोगिताकै बीचमा नियम परिवर्तन गर्न नसकोस् भन्ने उद्देश्यले सर्वोच्च अदालतमा निवेदन दायर गरिएको बताएका छन् ।

सर्वोच्च अदालतले यस विषयमा छलफलका लागि बुधबार बोलाइसकेको र आफूहरू न्याय प्राप्त हुनेमा आशावादी रहेको खेलाडीहरूको भनाइ छ। उनीहरूले खेलकूदसँग सम्बन्धित सबै संस्थाले नियम, प्रक्रिया र अनुशासनको समान रूपमा पालना गर्नुपर्नेमा जोड दिएका छन्। पौडीका राष्ट्रिय खेलाडीहरूको तर्फबाट जारी वक्तव्यमा अन्यायविरुद्धको आवाजलाई साथ र समर्थन गर्न सरोकारवाला पक्षसँग आग्रह समेत गरिएको छ।

खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्ने खेलाडी छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी, मापदण्डमा आधारित तथा सबैलाई समान अवसर प्रदान गर्ने हुनुपर्ने उल्लेख गरिएको छ । तर हाल सम्पन्न प्रारम्भिक छनोट प्रक्रियामा अपनाइएका केही निर्णय, मूल्याङ्कनका आधार तथा समग्र प्रक्रियाले खेलाडी, अभिभावक र सरोकारवालाहरूमा प्रश्न उठाएको दाबी गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १५:४१
#नेपाल पौडी संघ
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता सोमबार, साउन १८, २०८३
साफमा नेपालको सहभागिता हुन नपाउने
साफमा नेपालको सहभागिता हुन नपाउने आइतबार, साउन १७, २०८३
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा शुक्रबार, साउन १५, २०८३
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी शुक्रबार, साउन १५, २०८३
नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित बिहीबार, साउन १४, २०८३
फिफाको निर्णयले यूईएफए क्रोधित
फिफाको निर्णयले यूईएफए क्रोधित बुधबार, साउन १३, २०८३
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP