काठमाडौं - विविध धार्मिक, सामाजिक तथा सम्मान कार्यक्रमसहित असार ८ गतेदेखि १६ गतेसम्म श्रीमत्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । लाइन्स क्लब अफ काठमाडाैं पराेपकारकाे आयाेजक र पराेपकार जीवनदर्शन फाउण्डेशनकाे सहआयाेजनामा मानव सेवाकाे कल्याणका लागि मानव सेवा आश्रमले असार ८ गतेदेखि १६ गतेसम्म साे महायज्ञ आयाेजना गरेकाे हाे ।
काठमाडाैंकाे पशुपति क्षेत्रकाे सुमार्गि भवनमा हुने महायज्ञमा कथावाचन पुज्या देवी सुमी मानवले गर्ने भएकी छिन् । प्रकाशित दैनिक कार्यक्रमअनुसार बिहान ६बजेदेखि ८ बजेसम्म वैदिक मन्त्र उच्चारण तथा पाठ–पूजन हुनेछ भने बिहान ८० बजेदेखि पाहुनाको आगमन र विशेष मञ्च प्रवेशको कार्यक्रम राखिएको छ। आयाेजकका अनुसार बिहान ८:३० बजेदेखि साँझ ५ बजेसम्म पाठ–पूजन सञ्चालन हुनेछ। त्यसैगरी बिहान ९ बजेदेखि १० बजेसम्म वरिष्ठ उद्योगी–व्यवसायीहरूको सम्मान तथा वक्तव्य कार्यक्रम हुनेछ।
आयाेजकका अनुसारराष्ट्रिय कला–संस्कृतिको जगेर्नासम्बन्धी प्रस्तुति, प्रमुख कथावाचकको विशेष प्रवचन, विभिन्न क्षेत्रका नागरिक तथा समाजसेवीहरूको सम्मान, दाता सम्मान, सांस्कृतिक प्रस्तुति र बहस कार्यक्रम पनि दिनभर सञ्चालन हुने जनाइएको छ।साँझ ४:३० बजेदेखि ६ बजेसम्म प्रमुख कथावाचकको उपस्थितिमा समापन मूल समारोह आयोजना गरिनेछ। साथै, महिला परोपकारिणीहरूको मासिक बैठक तथा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन हुने आयोजकले जनाएको छ।