Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः शिक्षा र स्वास्थ्यमा लगानी अभिवृद्धि गर्न सांसदहरूको सुझाव
प्रतिनिधिसभाः शिक्षा र स्वास्थ्यमा लगानी अभिवृद्धि गर्न सांसदहरूको सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्न तथा आधारभूत आवश्यकतामा कर नलगाउन सरकारलाई सुझाव दिएका छन् । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्दै उनीहरूले कृषि अनुदानको दुरुपयोग रोक्न तथा दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने सन्दर्भमा बजेटमा विशेष व्यवस्था गर्न आग्रह गरे ।

सांसद कृपाराम रानाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै गरिब, मजदुर, दलित, सुकुमवासी, कुसुण्डा, मुसहर र आरक्ष पीडितको पक्षमा बजेट मौन रहेको बताए । उनले गरिब जनता आधारभूत आवश्यकता परिपूर्तिका लागि सङ्घर्ष गरिरहेको अवस्थामा स्वास्थ्य, शिक्षा र विद्युत्माथि कर लगाउन नहुने धारणा राखे ।

सांसद पार्वती विकले उद्योग, वाणिज्य तथा आपूर्ति र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालको खर्च कटौतीको प्रस्ताव राख्दै दलित समुदायसँग भएको सीपलाई औद्योगिकीकरणमा जोड्न बजेटको ध्यान नपुगेको बताइन् । “सदियौँदेखि बहिष्करणमा परेका दलित समुदायसँग धितो राख्ने सम्पत्ति छैन । उनीहरूले कहिले उद्योग कलकारखाना खोल्न सक्ने ? करुवा र  खुकरी जस्ता साना तथा मझौला उद्योग संरक्षणको नीति के हो ?”, उनले प्रश्न गरिन् ।

Hardik health

सांसद जोगकुमार बरबरिया यादवले कृषि, वन तथा पर्यावरण मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेटले कृषि अनुदान दुरुपयोग रोक्नेतर्फ ध्यान दिन नसकेको बताए । सांसद नीता घतानीले सूचना तथा सञ्चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै मुलुकको पहाडी, हिमाली र ग्रामीण क्षेत्रमा मोबाइल नेटवर्क र गुणस्तरीय इन्टरनेट सुविधा पुग्न नसकेको यथार्थलाई सम्बोधन गर्न दूरसञ्चार क्षेत्रमा सुधार गर्ने योजना बजेटमा नदेखिएको बताइन।

सांसद परशुराम तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव राख्दै गुम्बा विकास प्रवर्द्धनमा तथा सामुदायिक गुम्बाको संरक्षणमा उचित बजेट विनियोजन गर्न आग्रह गरे ।  सांसद अर्जुनकुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न सुझाव दिए । “हाम्रो शिक्षा प्रणाली अब परम्परागत प्रमाणपत्रमुखी मात्रै होइन, शिक्षालाई रोजगार, उद्यमशीलता र राष्ट्रिय विकाससँग जोड्न पाठ्यक्रमलाई सीपमूलक र व्यावहारिक बनाउनुपर्छ”, उनले भने, “विश्वविद्यालयमा सुशासन, पारदर्शिता र शैक्षिक स्वायत्तता सुनिश्चित गर्दै उच्च शिक्षालाई नवप्रवर्तन र ज्ञान उत्पादनको केन्द्र बनाउन बजेट आवश्यक छ ।”

 सांसद नरेन्द्रकुमार केरुङले शिक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै राहत र अनुदान शिक्षक तथा विद्यालय कर्मचारी, कार्यालय सहयोगी र बालविकास शिक्षकलाई उचित पारिश्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउन बजेट विनियोजन गर्न आग्रह गरे । सांसद रमेशकुमार मल्लले शिक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै आगामी आवको नीति तथा कार्यक्रममा नेपाललाई ‘डिजिटल हब’ बनाउने, अनुसन्धानलाई प्राथमिकता दिने, प्राविधिक जनशक्ति उत्पादन गर्ने, उच्च शिक्षालाई प्रतिस्पर्धी बनाउने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने, प्राविधिक शिक्षाको विस्तार गर्नेलगायत महत्वाकाङ्क्षी लक्ष्य घोषणा गरिएको भन्दै ती लक्ष्य हासिल गर्न आवश्यक स्रोत, संरचना, जनशक्ति र स्पष्ट कार्ययोजना भने बजेटमा नदेखिएको बताए ।

सांसद साजिदा खातुन सिद्धिकीले स्वास्थ्य तथा खाद्य स्वच्छता र महिला, बालबालिका मन्त्रालयको खर्च रकम घटाउने प्रस्ताव राख्दै स्वास्थ्य क्षेत्रका लागि विनियोजन भएको बजेटले जनअपेक्षा पूरा नगर्ने बताइन । “स्वास्थ्य सेवा प्राप्त गर्न पाउने नागरिकको मौलिक हक र स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्वलाई बजेटले भुलेको देखियो”, उनले भनिन्। सांसद युवराज दुलालले स्वास्थ्य मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै स्वास्थ्य क्षेत्रको विनियोजन कुल बजेटको पाँच प्रतिशत पुग्न नसक्नुले स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा नपरेको जिकिर गरे । “बिरामी पर्दा नागरिकको जीवन बचाउने भनेको विशिष्टीकृत स्वास्थ्य उपचारले हो । सम्पूर्ण नागरिकलाई विशिष्टीकृत सार्वजनिक स्वास्थ्यको पहुँचमा लैजाने योजना बजेटमा छैन”, उनले भने ।

सांसद एशुदाकुमारी बरालले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै भूमिहीन र सुकुमवासी नागरिकलाई भूमिको स्वामित्व दिलाउने योजना बजेटमा समेट्न सुझाव दिइन् । आजको बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव राख्ने क्रम सकिएसँगै मन्त्रालयत विनियोजन शीर्षकमाथि दलीय आधारमा छलफलको क्रम जारी छ ।
 


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP