Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’
‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

भैरहवा- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिएका छन्  ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उनले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याए ।

प्रहरी महानिरीक्षक कार्कीले लुम्बिनीबाट सुरु भएको शान्तियात्राको सन्देश मुलुकभर फैलिनुपर्नेमा जोड दिए । उनले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधान प्रहरी एक्लैको प्रयासबाट सम्भव नहुने बताए । यसका लागि समाजका सबै पक्षले जिम्मेवारीबोधका साथ सहकार्य गर्नुपर्ने उनको भनाइ छ । 

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले परम्परागत कार्यशैलीभन्दा पनि प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिए । बुद्धको शान्ति मार्गलाई व्यवहारमा उतार्दै प्रहरीले समाज रूपान्तरणका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उनले उल्लेख गरे ।

Hardik health

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सडक दुर्घटना, लागूऔषध दुव्र्यसन र आत्महत्याजस्ता घटनाले समाजलाई चुनौती दिइरहेको बताए । खुला सीमाका कारण लागुऔषधको जोखिम बढ्नुका साथै युवाहरू कुलतमा फस्न थालेकाले यसको रोकथान र नियन्त्रणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नगरप्रमुख हरिजनले युवाको संरक्षण र सचेतनाका लागि नगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको जानकारी दिए । नेपाल प्रहरीले सञ्चालन गरिरहेको ‘प्रहरी हाम्रो साथी’ तथा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी रहेका उनको भनाइ छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरी र समुदायबीचको आत्मीय सम्बन्ध आवश्यक रहेको बताए । पछिल्लो समय समाजमा देखिएका हिंसात्मक गतिविधि र विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न कार्यक्रमले सकारात्मक योगदान पुर्या‍उने विश्वास उनले व्यक्त गरे । 

कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय सङ्गीत विद्यालयको प्रस्तुतिसहित सडक नाटकको माध्यमबाट लागूऔषध दुव्र्यसन, सडक दुर्घटना न्यूनीकरण, आत्महत्यालगायत विषयमा सचेतनामूलक प्रस्तुति प्रस्तुत गरिएको थियो । यसैबीच, नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आयोजना गरिएको प्रविधिमा आधारित ‘ह्याक फर सेफ्टी ह्याकाथुन’ प्रतियोगिता सम्पन्न भएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरबाट छनोट भएका युवा तथा प्रविधिविज्ञको सहभागिता थियो । 

प्रविधिको प्रयोगमार्फत प्रहरी सेवा, सुरक्षा व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रहरी नायब महानिरीक्षक खत्रीले बताए । उनले अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाका क्षेत्रमा नवीन र व्यावहारिक समाधान खोज्ने प्रयासस्वरुप प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । 

प्रतियोगितामा सहभागी युवाले मोबाइल एप, कृत्रिम बौद्धिकता (एआई), भ्वाइस सिस्टम तथा डिजिटल प्लेटफर्ममा आधारित विभिन्न अवधारणा प्रस्तुत गरेका थिए । प्रमुख प्रहरी नायब महानिरीक्षक खत्रीले प्रतियोगिताबाट परम्परागत प्रहरी कार्यशैलीलाई प्रविधिसँग जोड्दै नागरिकले घरबाटै उजुरी तथा सूचना दिन सक्ने, ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउने, विपद् तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रतियोगिताका लागि देशभरबाट छनोट भएका १०० समूहले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । सहभागी टोलीलाई आवश्यक प्राविधिक सहयोग तथा मार्गदर्शनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा निर्णायकको व्यवस्था गरिएको थियो ।

img


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP