Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः सांसद्‍द्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
प्रतिनिधिसभाः सांसद्‍द्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

काठमाडौं- सांसद्हरुले हात्तीको आक्रमण, चिया निर्यातमा भएको अवरोध, साइबर सुरक्षालगायतका विषय उठान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सीमा विवाद, वैदेशिक रोजगारी, जलवायु परिवर्तन, यार्सागुम्बा संरक्षणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद नरेन्द्रकुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू संकटमा परेको बताए । “चिया उद्योग बन्द हुने अवस्था आउँदा श्रमिकले रोजगारी गुमाउनाका साथै उत्पादित चिया खेर जाने स्थिति सृजना भएको छ,” उनले भने, “चिया निर्यात समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद निशा डाँगीले झापाको मेचीनगर क्षेत्रमा जंगली हात्तीको आक्रमण बढ्दै गएको बताइन् । “मेचीनगरकी पद्मा पौडेलमाथि हात्तीले आक्रमण गरेको तथा तीन बिघा मकैबाली नष्ट गरेको छ,”  उनले भनिन्, “भारतबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय त्रसित बनेका छन् । समस्या समाधानमा सरकारले चासो बढाउनुपर्छ ।”

Hardik health

सांसद रचना खतिवडाले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू खारेज गर्न सरकारसँग माग गरिन् । सांसद आशिका तामाङले नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् । गण्डक नदीले धार परिवर्तन गर्दा सीमा विवाद जटिल बन्दै गएको उल्लेख गर्दै उनले यस विषयमा छानबिन गरी आवश्यक कूटनीतिक पहल अघि बढाउन आग्रह गरिन् । 

सांसद सिर्जना श्रेष्ठले बढ्दो ‘साइबर बुलिङ’ रोक्न साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । उनले साइबर अपराधविरुद्ध जनचेतना अभिवृद्धि तथा साइबर सुरक्षासम्बन्धी शिक्षाको विस्तार आवश्यक रहेको बताइन् ।  सांसद यज्ञबहादुर बोगटीले अछामकी मनिषा साउदको मृत्युबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे । सांसद इन्दिरा रानामगरले जंगली हात्तीको आक्रमणका घटना बढ्दै गएको बताउँदै मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनले हात्ती व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सरकारलाई आग्रह गरे । 

सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुको लिपुखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण डुबानको जोखिम तथा खानेपानीका मुहान सुक्ने समस्या देखिएको बताए । विकास र वातावरणबीच सन्तुलन कायम गरेर मात्रै आयोजना सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । सांसद बलावती शर्माले कैलालीको गोदावरी नगरपालिका-४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरिन् ।

सांसद अम्बिकादेवी संग्रौलाले पनि उक्त घटनाको विरोध गर्दै अमानवीय व्यवहारमा संलग्न व्यक्तिलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्नुपर्ने बताइन् । सांसद खडकबहादुर बुढाले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे । सांसद धनबहादुर बुढाले कर्णाली प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको यार्सागुम्बा संकटमा परेको बताए । जलवायु परिवर्तन र अव्यवस्थित संकलनका कारण उत्पादन घट्दै गएको तथा स्थानीयको आम्दानीमा असर परेको उनले उल्लेख गरे ।

सांसद निराशा चौधरी (डगौरा) ले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि प्रभावकारी नीति तथा संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन् ।  आकस्मिक समयमा सांसदहरु खेमराज कोइराला, यसोदाकुमारी बराल, खड्कबहादुर शाही, भरतकुमार स्वार, गंगादेवी श्रेष्ठ, ऐनबहादुर महरले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखे ।


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP