Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आईटीई २०२६ : हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरुको प्रस्तुती र प्रवर्द्धन
आईटीई २०२६ : हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरुको प्रस्तुती र प्रवर्द्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

काठमाडौं - नेपाल पर्यटन बोर्ड (एनटीबी) ले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेको छ । चारदिने प्रदर्शनीका लागि स्थापना गरिएको नेपाल प्याभिलियनले हङकङ तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योगका सरोकारवालामाझ नेपालको विविध पर्यटन गन्तव्य र उत्पादनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चको रूपमा काम गरेको बोर्डले जनाएको छ ।

हङकङ कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा जुन ११ देखि १४ सम्म आयोजित प्रदर्शनीमा नेपाल पर्यटन बोर्डसहित नेपालका आठ प्रमुख पर्यटन व्यवसायी कम्पनीहरूको सहभागिता रहेको थियो ।प्रदर्शनी अवधिभर नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्रकृतिमा आधारित पर्यटन, धार्मिक तथा तीर्थाटन, विलासी पर्यटन तथा आरोग्य पर्यटनका विविध सम्भावनाहरू प्रस्तुत गरेको थियो ।

विशेषगरी सहभागी कम्पनीहरूले प्रवर्द्धन गरेको आरोग्य पर्यटन प्याकेजले प्रदर्शनीका आगन्तुकहरूको उल्लेखनीय ध्यान आकर्षित गरेको बताइएको छ । नेपालबाट सहभागी पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, सम्भावित साझेदार तथा उपभोक्तासँग सक्रिय व्यावसायिक भेटघाट गर्दै विभिन्न बजार लक्षित आकर्षक भ्रमण प्याकेज तथा अनुकूलित यात्रा योजनाहरू प्रस्तुत गरेका थिए । यसले नेपाली पर्यटन व्यवसायीहरूलाई नयाँ व्यापारिक अवसर सिर्जना गर्न सहयोग पुगेको बोर्डको विश्वास छ ।

Hardik health

प्रदर्शनीकै अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाले गन्तव्य प्रस्तुति गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्पदाबारे जानकारी दिएका थिए । उनले नेपालका विश्वप्रसिद्ध गन्तव्य, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन पूर्वाधारका विषयमा प्रस्तुति दिएका थिए । नेपालको प्रवर्द्धनात्मक अभियानलाई थप सशक्त बनाउन हङकङस्थित नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

परम्परागत नेपाली नृत्य तथा सांगीतिक कार्यक्रममार्फत विदेशी आगन्तुकहरूलाई नेपालको बहुआयामिक सांस्कृतिक सम्पदाको झलक प्रस्तुत गरिएको थियो । बोर्डले आगामी दिनमा पनि प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालको उपस्थिति विस्तार गर्दै नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ अधिकृत खेमराज तिमल्सेना र वरिष्ठ अधिकृत नारायणप्रसाद बस्याल सहभागी भएका थिए । नेपालबाट नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, पर्ल होलिडेज, द ट्रेक नेपाल, एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चर, ड्रागन होलिडेज, हाई पिक एडभेन्चर, सिनिक एडभेन्चर ट्रेक्स एन्ड एक्स्पिडिसन तथा हिमालय समिट क्लबले सहभागिता जनाएका थिए ।
 


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १२:१६
#हङकङ #नेपाल_पर्यटन_बोर्ड #आईटीई_Expo
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP