Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

चितवन- पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका दुई हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो । 

केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी २११ रहेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ । 

यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको हो । सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डाबाट कोरलिएका गोही यस वर्ष छाडिएको हो । हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको सङ्ख्या भने बढ्न सकेको छैन । गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३६६ वटा मात्र भेटिएको थियो ।

Hardik health

हाल प्रजनन केन्द्रमा ५०० वटा गोही छन् । यस वर्ष सङ्कलन गरिएको १९६ अण्डाबाट १४६  बच्चा कोरलियका छन् । घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।  विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशतमात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही थिए । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषणलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए ।


प्रकाशित मिति: सोमबार, असार १, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP