Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • 'नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
'नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

काठमाडौं- विज्ञहरुले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन् । उनीहरुले नेपाल नेत्रज्योति सङ्घको आज यहाँ आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आएकाे बताएका हुन् ।

अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको उनीहरुको भनाइ थियो ।  औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उनीहरुले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिए । 

नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको ‘हव’ बनाउन सकिने सम्भावना रहेको औँल्याए । सङ्घअन्तर्गत हाल अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत सन् २०२५ मा ३३ लाख ७८ हजार ४२ जनाले परीक्षण गरेका थिए भने दुई लाख ६६ हजार ४०१ को शल्यक्रिया गरिएको थियो ।

सभाको शुभारम्भ गर्दै कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले तीन तहको सरकारले आँखा उपचार सेवाका लागि पत्याएको र विश्वास जितेका संस्थाका रुपमा नेपाल नेत्रज्योति सङ्घ रहेको चर्चा गर्दै आगामी दिनमा संस्थाले ग्रामीण विपन्न जनताको आँखा उपचार सेवाको पहुँचमा ल्याउन थप काम गर्न आग्रह गरिन। उनले भनिन्,  “तीन तहका सरकारले आँखा उपचार सेवाका लागि लगानी बढाउनुपर्छ । यसका लागि सङ्घले पनि आफ्नोे क्षमता विस्तार गर्नुपर्छ ।” 

Hardik health

रेसुङ्गा नगपालिकाका प्रमुख खिलध्वज पन्थीले आँखा उपचार सेवामा नगरपालिकाले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै आर्थिक अभावका कारण मोतियाविन्दुलगायत अन्य उपचार सेवाको अभाव हुन नदिएको बताए। प्रा डा देवनारायण साहले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम बताए । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव भरतबहादुर चन्दले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

संस्थागत महासचिव प्रा डा पोखरेल सम्मानित
कार्यक्रममा सङ्घका संस्थापक महासचिव प्रा डा रामप्रसाद पोखरेललाई डा नन्द श्रेष्ठ अम्बिका श्रेष्ठ नेत्रज्योति सामाजिक सम्मान अपर्ण गरिएको थियो । नेपालमा आँखा उपचारको संस्थागत प्रादुर्भाव, उन्नयन र विकासमा अतुलनीय योगदान पु¥याएबापत उनलाई सो सम्मान अपर्ण गरिएको हो ।

त्यस अवसरमा नेत्रज्योति विशिष्ट सम्मान रेसुङ्गा र गोरखा नगरपालिका, प्रा डा देवनारायण साह, प्रा डा रघुनन्दन व्याँजु, लायन्स क्बल इन्टरनेसनल मल्टिपल काउन्सिल ३२५, सञ्जय खेतान, कृष्णहरि सापकोटा, जापानी नागरिकद्वय प्रा डा ताकेसी नाइतो र डा जुनसुके अकुरालाई प्रदान गरियो । 

त्यसैगरी, लाइफटाइम एचिभमेन्ट अवार्डबाट श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, पदमनारायण चौधरी, प्रा डा दिलबहादुर क्षेत्री, वामदेव खनाल, नेत्रमणि लामिछाने र मायादेवी बज्राचार्यलाई सम्मान गरियो । नेत्रज्योति उत्कृष्ट जिल्ला शाखाका रुपमा सङ्खुवासभा, नेत्रज्योति उत्कृष्ट आँखा अस्पताल सम्मानबाट विराटनगर आँखा अस्पताल, नेत्रज्योति उत्कृष्ट आँखा उपचार केन्द्र सम्मानबाट कालीगण्डकी आँखा उपचार केन्द्र र नेत्रज्योति डा निकोल ग्रासेट सम्मानबाट डा पुष्पा गिरीलाई सम्मानित गरियो । 

कार्यक्रममा नेत्रज्योति सम्मान विन्दुसागर राजभण्डारी, शैलेन्द्रमान सिंह, कुमार पृथु, शालिकराम गौतम, मीना राई र देवबहादुर बुढाक्षेत्रीलाई सम्मान गरियो ।
 


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित आइतबार, साउन ३, २०८३
चितवनमा स्क्रब टाइफसकाे  सङ्क्रमण ८९३ जनामा
चितवनमा स्क्रब टाइफसकाे सङ्क्रमण ८९३ जनामा शुक्रबार, साउन १, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था मंगलबार, असार ३०, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी सोमबार, असार २९, २०८३
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य  मन्त्री
मानसिक स्वास्थ्यसम्बन्धी सेवा परिचालन गर्ने :  स्वास्थ्य मन्त्री आइतबार, असार २८, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै शनिबार, असार २७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP