Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

काठमाडौं - आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम  छ । डब्लुएचओले संकलन गरेको १३२ देशको तथ्यांकअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत संकलन करिब १९ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको छ ।सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन । विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।
 
डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन्  । विश्व रक्तदाता दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले स्वेच्छिक तथा निःशुल्क रक्तदाताको बढ्दो सहभागिताले उत्साहजनक प्रगति देखाएको भए पनि व्यक्तिले बसोबास गर्ने स्थानले अझै आवश्यक रक्तसञ्चार सेवा प्राप्त हुने वा नहुने अवस्था निर्धारण गरिरहेको उल्लेख गरेका छन् । उनले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण तथा स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गरेका छन्  ।
 
डब्ल्युएचओका अनुसार विश्वको कुल जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटेका उच्च आय भएका देशहरूले विश्वभर सङ्लित कुल रक्तदानको ३६ प्रतिशत संकलन गर्छन् । यसको विपरीत, सीमित वित्तीय स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनसम्बन्धी चुनौती र पर्याप्त रक्तदाता अभावका कारण धेरै कम आय भएका देशहरूमा रगतको आपूर्ति अपुग हुने समस्या कायम छ ।
 
देशअनुसार रक्तदान दरमा पनि ठूलो भिन्नता देखिएको छ । केही देशमा प्रति एक हजार जनसङ्ख्यामा शून्य दशमलब चार पटक मात्र रक्तदान हुने गरेको छ भने केही देशमा यो दर ५३ सम्म पुगेको छ । चौबिस देशले प्रति एक हजार जनसङ्ख्यामा पाँचभन्दा कम रक्तदान संकलन गरेको डब्ल्युएचओले जनाएको छ । रक्त प्रणालीको सुशासन, नियमन र वित्तीय व्यवस्थापनमा समेत कमजोरी देखिएको, विश्वका करिब एकतिहाइ देशमा रगत तथा रगतजन्य पदार्थको सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको तथा  केवल ६४ प्रतिशत देशमा रक्त सेवाको नियमित अनुगमन प्रणाली रहेको, ६२ प्रतिशतमा अनुमतिपत्र प्रणाली लागू भएको र ४० प्रतिशत देशमा मात्र केही रक्तसञ्चार सेवालाई मान्यता दिइएको छ । 

Hardik health

डब्ल्युएचओका अनुसार सातमध्ये एकभन्दा बढी देशमा रक्त सेवाका लागि छुट्टै सरकारी बजेट वा लागत व्यवस्थापनको प्रणाली नरहेको पाइएको छ, जसले दीर्घकालीन रक्त आपूर्तिको स्थायित्वप्रति चिन्ता बढाएको छ । प्रत्येक रक्तदानले बिरामीको जीवन बचाउनुका साथै समुदायलाई सुदृढ बनाउने र स्वास्थ्य प्रणालीलाई थप सबल बनाउन योगदान पुर्‍याउने छ । डब्ल्युएचओले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्तसञ्चार अभ्यास प्रवद्र्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ  बनाउन आह्वान पनि गरेको छ ।

 


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १०:३६
#विश्व_रक्तदाता_दिवस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP