Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल-भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
नेपाल-भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ३०, २०८३

सुरुङ्गा- नेपाल-भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ ।

नापी विभाग, सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो ।

सीमासम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमास्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।

नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले सीमास्तम्भको मर्मत र पुनःनिर्माणसम्बन्धी द्विपक्षीय समझदारीअनुसार अघि बढिरहेको जानकारी दिए। उनका अनुसार फिल्डमा खटिएका संयुक्त प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि तयार पारेका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने अभ्यास जारी छ ।

Hardik health

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले नेपाल-भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गतको सर्भे बैठक बिर्तामोडमा सम्पन्न भएको जानकारी दिए। सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल उनको भनाइ छ । 

बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं र अञ्जन न्यौपाने, नापी अधिकृत शिवप्रसाद लम्साल, डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का सहभागी थिए।

त्यसैगरी, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक कुलदीप चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेल, डिभिजन वन अधिकृत राजकुमार खत्री, सहायक अनुसन्धान अधिकृत सुशान्त बराल तथा सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेलको सहभागिता थियो ।

ताप्लेजुङबाट सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, प्रहरी नायब उपरीक्षक उमेश जोशी र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक सहभागी थिए।  पाँचथरबाट प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाईं, प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्ण, डिभिजन वन अधिकृत पशुपति दाहाल तथा सशस्त्र प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रसाईंको उपस्थिति थियो ।

भारतीय पक्षबाट विहार राज्यको किशनगन्ज जिल्लाका ‘डिस्ट्रिक्ट मजिस्ट्रेट’ विशालराज, सशस्त्र सीमा बल (एसएसबी) का १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, ३६औँ बटालियनका कमान्डेन्ट सञ्जीव कुमार, उपकमान्डेन्ट अभिजित दास, आठौँ बटालियनका कमान्डेन्ट वसन्त सामी तथा सर्वेक्षक अधिकृत सन्तोष प्रसाद र हिमाद्री शेखर चक्रवर्तीलगायत अधिकारी सहभागी थिए ।

नेपाल र भारतबीच सीमासम्बन्धी प्राविधिक विषयमा समयसमयमा संयुक्त बैठक आयोजना हुने गरेका छन् । सीमास्तम्भको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउँदै सीमावर्ती क्षेत्रमा पारस्परिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले बैठकले आगामी कार्ययोजनासमेत तय गरेको छ ।
 


प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP