गण्डकी- गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश लोकसेवा आयोग, गण्डकीको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरे । उक्त प्रतिवेदनलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख कृष्णप्रसाद धितालले बताए।
यस्तै प्रदेशसभाको सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदनलाई समितिका सभापति सुधिरकुमार पौडेलले प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
शुक्रबारको प्रदेशसभा बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुक कार्कीले प्रदेशसभा सदस्यले उठाएका उक्त मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए। प्रदेशसभाको आगामी बैठक असार १ गते अपरान्ह ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।