Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य
युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २९, २०८३
Hardik health

युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य
काठमाडौं- चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र सङ्गीत विधाबाट ललितपुर महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेका छन् ।
काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका सङ्गीत विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन् । 
रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रिएटिभ इन्डष्ट्रिज फ्रेन्डस ग्रुप (फर सिसीआई) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सीप अनुभव आदानप्रदान गर्न थालिएको कामपाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलको अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा कामपाका  कार्यवाहक प्रमुख डङ्गोलले, चलचित्र विधाले रचनात्मक उद्योगका अरु विधालाई चलचित्रबाट समेट्न सकिने र समुदायस्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकाले काठमाडौँले चलचित्र विधा चयन गरेको बताइन् । उनका अनुसार काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथामार्फत पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोका रूपमा विकास गर्न सकिन्छ । 
“सार्वजनिकस्थलमा सामाजिक, सांस्कृतिक तथा पारिवारिक विषयमा आधारित चलचित्र प्रदर्शन गरेर समुदायलाई यसप्रति रुचि जगाउनु, चलचित्र संवाद गर्नु, शिक्षा, सूचना र सन्देशका विषय जोड्नु यसका मुख्य क्रियाकलाप हुन्”, प्रमुख डङ्गोलले भनिन्, “यसले चलचित्रमा निर्माता, निर्देशक, कथाकारसँग समुदायको सम्बन्ध स्थापित गरेर उत्पादनस्थल उपलब्ध गराउनु र समुदायमा आय वृद्धि गराउनु र जनहितअनुसार नतिजा प्राप्त गर्नु रहेका छन् । समुदायमा भएका तर आयआर्जन हुन नसकिरहेका क्षेत्रलाई आयसँग जोडेर तथा यससँग सम्बन्धित कर प्रणालीलाई सहज बनाएर सहजीकरणको काम गर्दैछौँ”, उनले भनिन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले सङ्गीत विधाबाट युनेस्को क्रिएटिभ सिटीज नेटवर्कमा सदस्यता प्राप्त गरेको जनाउँदै यसलाई समुदायस्तरमा अभ्यास बढाउने तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउने कामसँग सम्बन्धित प्राथमिक योजना रहेको बताए।
रचनात्मक अर्थतन्त्र, दिगो विकासको प्रवर्द्धन, रोजगारी सृजना, अन्तरसम्बन्ध विकास, सहयोग र साझेदारी विस्तारका लागि स्थानीय सरकार र अन्तरराष्ट्रिय संस्थाहरूको साझा मञ्चका रूपमा यो समूहलाई अगाडि बढाउन खोजिएको उनको भनाइ छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP