Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • बेरुजुको समस्या नीतिगत तथा व्यवहारिक रुपमा सम्बोधन गर्न जोड
बेरुजुको समस्या नीतिगत तथा व्यवहारिक रुपमा सम्बोधन गर्न जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २९, २०८३

काठमाडौं- सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरतबहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फस्र्याैटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । 

“विभिन्न सरकारी निकायसँग रहेको बेरुजुको अवस्थाको विषयमा समितिको आजको बैठकमा जानकारी लिएका छौँ”, उनले भने, “सरोकारवाला निकायबाट आएका बेरुजुको समस्याको विषयमा घनिभूत छलफल गरेर बेरुजु न्यूनीकरणका लागि प्रभावकारी गृहकार्य गरेर घटाउनेतर्फ अग्रसर हुनेछौँ ।”  त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरुजुमध्ये ६० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि ११ प्रतिशत मात्रै पूरा भएको बताए । 

“नेपाली सेनाअन्तर्गत वर्षाैदेखि विभिन्न शीर्षक र क्षेत्रगतअन्तर्गत रहँदै आएको रु पाँच अर्ब ३० करोड बढीको बेरुजु रहेको छ”, उनले भने, “काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत भएको बेरुजु फछ्र्यौटमा केही प्राविधिक उल्झन छ । बाँकी रहेका बेरुजुलाई आवश्यक प्रक्रिया पूरा गरेर टुङ्गो लगाउने प्रयत्न गरिरहेका छौँ ।” उनले चालु आवको असार मसान्तसम्म करिब १५ प्रतिशत बेरुजु फछ्र्यौट गर्ने लक्ष्य राखेको बताए ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ  छ अर्ब ३५ करोड रुपैयाँ बेरुजु रहेकोमा हालसम्म ४० दशमलव २८ प्रतिशत फछ्र्यौट गरेको बताए । उनले साविकको वन मन्त्रालयतर्फ पनि ५६ करोड रुपैयाँ बेरुजु रहेकोमा १६ प्रतिशत मात्रै बेरुजु फछ्र्यौट गरेको बताए ।

Hardik health

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले मन्त्रालयअन्तर्गत असुलउपर गर्नुपर्ने बेरुजु दुई सय छ  रुपैयाँ रकम मात्रै रहेको बताए । “कानुन मन्त्रालयअन्तर्गत गत आवमा बेरुजु शून्य रहेको छ । यद्यपि अहिले मन्त्रालयसँग अति नै न्यून रकम भएकाले पनि यही आवभित्रै बेरुजु रकम शून्य बनाउनेछौँ ।”

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सङ्घीय संसद् सचिवालयको बेरुजु रकम दुई करोड ४० लाख ६१ हजार रुपैयाँ रहेको उल्लेख गर्दै सांसदहरुको उपचार खर्चमा रकम दाबी गर्र्ने समय अघिल्लो आर्थिक वर्ष र भुक्तानी चालु आर्थिक वर्षमा हुँदा पनि संसद् सचिवालयसँग बेरुजु देखिएको बताए।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रालयअन्तर्गत रहेका विभिन्न निकायसँग तीन अर्ब आठ करोड रुपैयाँ रकम बेरुजु रहेको उल्लेख गर्दै चालु आवको अन्त्यसम्म ४३ प्रतिशत बेरुजु रकम फछ्र्यौट गर्ने योजना रहेको बताए । “मन्त्रालय मातहतका निकायसँग रहेको बेरुजु अहिलेसम्म ३० प्रतिशत फछ्र्यौट भइसकेको छ”, उनले भने ।

सर्वाेच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले सर्वाेच्च अदालत मातहतमा रहेका बेरुजु रकम फछ्र्यौट गर्नका लागि आवश्यक कार्ययोजना अघि बढाएको जानकारी दिए। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालय मातहत ९९ करोड रुपैयाँ बेरुजु रहेकोमा २२ प्रतिशत फछ्र्यौट गरेको जानकारी दिए ।

“मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार बोर्ड मातहतमा मात्रै करिब ५५ करोडभन्दा धेरै बेरुजु छ”, उनले भने, “मन्त्रालय मातहतको सिनियर म्यानेजमेन्ट टिमको बैठकमार्फत बेरुजु फछ्र्यौटको विषयमा नियमित छलफल गर्दै आइरहेका छौँ ।” विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले साविकको विज्ञान प्रविधि मन्त्रालय मातहत करिब १७ करोड ९३ हजार रुपैयाँ बेरुजु रहेको बताए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालय मातहत विभिन्न शीर्षकमा रु ३० अर्ब २९ करोड रकम बेरुजु रहेकामा पाँच दशमलव ६४ प्रतिशतअर्थात्  एक अर्ब ६५ करोड रुपैयाँ फछ्र्यौट भएको बताए । उनले मन्त्रालय मातहत सबैभन्दा धेरै बेरुजु भने दूरसञ्जार प्राधिकरण मातहत भने १६ अर्ब रुपैयाँभन्दा धेरै रहेको उल्लेख गरे । 

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालय मातहत रहेको बेरुजु चालु आवमा करिब ३० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेको बताए । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार  सात खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ बेरुजु छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP