काठमाडौं- स्रोत नखुलेको आठ लाख ६१ हजार ५०० रुपैयाँ सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।
निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।