Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २८, २०८३

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद ललिताकुमारीले बङ्गलादेशमा रहेका रोहिङ्ग्या नेपाल आएकाकाले उनीहरूलाई फर्काउन माग गरिन् । सांसद लक्ष्मीप्रसाद पोखरेलले शनिबार र आइतबार दुईदिने बिदा हटाउन माग गरिन् । 

सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुमवासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताइन । सांसद विपिनकुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड दिए। 

सांसद शोभा खनालले प्रदेश अस्पताल गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गरिन् । सांसद सन्दीप रानाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सडक धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए । 

Hardik health

सांसद समिना मियाँले स्वास्थ्य बीमा कार्यक्रम अझै उपक्षित भएकाले प्रभावकारी बनाउन माग गरिन् । स्वास्थ्यमा गरिएको खर्च लगानी भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने भनाइ उनले राखिन् ।  सांसद समीक्षा बास्कोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताइन् । सांसद सरस्वती लामाले सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर, गुम्बालगायत धार्मिक स्थलमा डोजर चलाएकामा विरोध गर्दै भूमिहीनलाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराइन् । 

सांसद सीता थपलियाले संसद्को गरिमा बढाउनेतर्फ सबै सदस्य गम्भीर हुनुपर्छ भने । सांसद सुजाता तामाङले शिक्षालाई प्रकृति र कृषिसँग जोड्नुपर्ने बताउँदै बालबालिकाले प्रकृति, माटो र बाहिरी वातावरणसँग भिज्ने गरी पाठ्यक्रम निर्माण गरी अध्ययन, अध्यापनको व्यवस्था मिलाउन माग गरे । 

सांसद सुनिल केसीले बुधबार एक जना प्रतिपक्षी दलका नेताले प्रयोग गर्नुभएका शब्दप्रति विमति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरे । सांसद सुन्दर खरेलले मर्यादामा रहेर आफ्ना धारणा सदनमा प्रस्तुत हुन सुझाव दिए ।  सांसद सुशील खड्काले बागलुङको अस्पताललाई जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गरे। सांसद सुशीला ढकालले रुग्ण उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयोभने सुषमा स्वर्णकारले स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ भने । 

सांसद सोम शर्माले प्रहरी चौकी भवनको सुधार गरिनुपर्ने बताए । सांसद स्मृति सेन्चुरीले खरीढुङ्गा ‘म्याग्नेसाइट’ उद्योगको पुनःसञ्चालन गर्न माग गरिन् ।  दोलखाको सीमा नाका बिगु गाउँपालिकाको फलाक नाका खोल्न पनि उनले सरकारको ध्यानकर्षण गराइन ।  

सांसद हरिनादेवी कामीले बजेटमा बाल विकास शिक्षकको समस्या नसमेटिएकाले समावेश गर्न माग गरिन्।  सांसद क्षितिज थेवेले २०८० असारमा ताप्लेजुङ बाढीमा बगेका ६५ घरका स्थानीयलाई पुनःस्थापना गर्न माग गरे। सांसद ज्ञानु पौडेलले नेपाली विद्यार्थी प्रकृति लम्सालको हत्याका विषयमा भारत उडिसा राज्य सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजकि गराउन कूटनीतिक पहल गर्न माग गरिन् । सांसद श्रद्धा कुँवर क्षत्रीले महिलालाई सुरक्षित रुपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) साजिदा खातुन सिद्धिकी श्रीधर पोखरेल, सुम्निमा उदास, सुरेशकुमार चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP