काठमाडाैं- आजकाे प्रतिनिधिसभा बैठकमा एमाले सांसद यशोदा बरालले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनाएकाे विषय उठाइन् । उनले रास्वपाको सदस्य बनाएर सामाजिक सञ्जालमा छरपस्ट बनाइएको विषय बैठकमा उठेकी हुन् ।
एमाले सांसद बरालले नेकपा एमालेका अध्यक्षलाई रास्वपाको सदस्य बनाइएको फर्जी पोस्टर सामाजिक सञ्जालमा भाइरल रहेको बताएकी छन् । उनले त्यस्तो नक्कली पोस्टर बनाएर भाइरल बनाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरिन् ।