काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।
९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्मा राखेको बताइन् ।
‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रुपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइरहेको छ’ उनले भनिन् ।
नेपालको गरिबीका कारण लोभ देखाएर धर्म परिवर्तन समेत गराउने गरिएको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।