न्युयोर्क- संयुक्त राष्ट्र संघले मध्य अफ्रिकामा बढ्दो सुरक्षा तथा मानवीय संकटको चेतावनी दिँदै सुडान र चाडमा सशस्त्र समूहहरूले गरेको आक्रमणले यस क्षेत्रको स्थिरताका लागि बढ्दो खतरा उत्पन्न गरिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रघिय सुरक्षा परिषद्को ब्रीफिंगमा बोल्दै, राजनीतिक र शान्ति निर्माण मामिला तथा शान्ति अपरेसन विभागहरूका लागि सहायक महासचिव मार्था अमा अक्या पोबीले यस क्षेत्रको बढ्दो चुनौति र संकटलाई औंल्याएका हुन् । उनले बढ्दो सुरक्षा र मानवीय संकट, बढ्दो सामाजिक र आर्थिक दबाब, र नागरिक र राजनीतिक अधिकारहरूमा बढ्दो प्रतिबन्धका कारण चिन्ताजनक पृष्ठभूमि विरुद्ध केहि राजनैतिक तथा अन्य उपलब्धिहरू भएको कुरामा जोड दिएका छन् ।
उनले पूर्वी चाड र लेक चाड क्षेत्रलाई अस्थिरताको दुई प्रमुख स्थतलहरुका रूपमा पहिचान गर्दै यस क्षेत्रका धेरै देशहरूमा सुरक्षा प्रमुख चिन्ताको विषय बनेको कुरामा जोड दिएका छन् ।उनले सुडानको युद्धले चाडमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै अप्रिल २०२३ देखि युद्धको कारण नौ लाख भन्दा बढी सुडानीहरु शरणाथी भएको बताएका छन् ।
उनले सीमापार आक्रमण र चाडका सैन्य स्थानहरूमा भएको ड्रोन आक्रमणले द्वन्द्वलाई थप चर्को बनाउन सक्ने चेतावनी पनि दिएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई सुडानमा युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन र यसको परिणामलाई सम्बोधन गर्न आह्वानसमेत गरेका छन् ।
- - -
Powered By Orson Infotech