काठमाडौं- नेपाल ड्राई मिट प्रा.लि .द्वारा आफ्नो नयाँ उत्पादन ‘एनडीएम मासु चिउरा’ बजारमा ल्याएको छ । नेपाली मौलिक स्वादलाई आधुनिक स्वरूपमा प्रस्तुत गर्दै आधुनिक जीवनशैलीसँग जोड्ने उद्देश्यसहित आफ्नो नयाँ उत्पादन ‘एनडीएम मासु चिउरा’ बजारमा ल्याएको हाे ।
नेपाल ड्राई मिट प्रा.लि.ले सन् २०१६ देखि गुणस्तरीय मसला ड्राइ मिट तथा सुकुटी उत्पादन गर्दै आएको हाे । लामो समयको उत्पादन विकास, फुड टेस्टिङ तथा प्याकेजिङ प्रक्रियापछि बजारमा ल्याइएको ‘मासु चिउरा’ विशेषगरी ट्रेकर, यात्रु तथा सक्रिय जीवनशैली भएका उपभोक्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।
टेन्टमा बस्दा, यात्राका क्रममा, कार्यालयमा, घरमा वा जहाँसुकै सजिलै खान मिल्ने यो उत्पादनले सामान्य स्न्याक्सको विकल्प प्रदान गर्छ। प्रोटिन र कार्बोहाइड्रेटयुक्त ‘मासु चिउरा’ स्वाद र पोषणको सन्तुलित संयोजन भएको कम्पनीको दाबी छ। सहज रूपमा बोक्न र उपभोग गर्न मिल्ने भएकाले यो उत्पादन दैनिक जीवनका साथै बाह्य गतिविधिमा संलग्न उपभोक्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार उत्पादनको गुणस्तर परीक्षण तथा प्याकेजिङ प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ। आगामी २९ गतेदेखि सुरु हुने स्थानीय एक्स्पो कार्यक्रममा ‘मासु चिउरा’लाई औपचारिक रूपमा प्रदर्शनी तथा प्रवद्र्धन गरिनेछ।नेपाल ड्राई मिट प्रा.लि.ले नेपाली स्वाद र खाद्य संस्कृतिलाई आधुनिक स्वरूपमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।