काठमाडाैं - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री पुनले विज्ञान प्रविधिको काम सुस्त गतिमा नहुँने भएकोले, रातदिन काम गरेर अगाडि बढनुपर्ने बताए । साथै उनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । सरकार पाँच वर्षको भए पनि आफु भने बढीमा तीन वर्ष मात्रै बस्ने बताए ।
आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । मन्त्री पुनका अनुसार सबै मन्त्रालयको आआफ्नो नियम बनाइसकेकोले आफनो मन्त्रालय नयाँ भएकोले शून्यबाट सुरु गर्नुपर्ने बताए ।