काठमाडौं - लामो समयपछि गृह मन्त्रालयमा सुदन गुरुङकाे पुनरागमन भएकाे छ। पुनरागमनसँगै गृहमन्त्री गुरुङले चर्चित दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन गरिने घोषणा गरेका छन्। उनले घटनासँग सम्बन्धित तथ्य, प्रमाण र विगतका अनुसन्धान प्रतिवेदनहरू पुनरावलोकन गरिने बताएका हुन्।
गुरुङले दरबार हत्याकाण्डबारे जनस्तरमा अझै विभिन्न प्रश्न र जिज्ञासाहरू कायम रहेको उल्लेख गर्दै आवश्यक देखिएमा थप अध्ययन र विश्लेषणको प्रक्रिया अघि बढाइने बताए। उनले सत्य तथ्यको खोजी र जनविश्वास कायम गर्नु सरकारको दायित्व भएको धारणा पनि राखे।
उनको यो अभिव्यक्तिपछि लामो समयदेखि चर्चामा रहेको दरबार हत्याकाण्डको विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आउने संकेत देखिएको छ। विपक्षी दल तथा विभिन्न सरोकारवालाले भने सरकारको आगामी कदमलाई चासोका साथ हेर्न थालेका छन्।