Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • अतिक्रमित संरचना हटाइयो
अतिक्रमित संरचना हटाइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

गण्डकी- सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिका-९ पृथ्वीचोकदेखि हङकङ बजार, ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँबजार जोड्ने सडक चौडा भएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले निर्माण गरेका भवनमा यही जेठ १८ गते महानगरपालिकाले डोजर चलाएको थियो । 

हङकङ बजारको पूर्वपट्टी रहेका संरचना भत्काइपछि सो क्षेत्रको सडक खुला र फराकिलो बनेको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त सडकलाई दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने बताए । उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ । 

महानगरले पूर्वसूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो । विभिन्न दलगत सङ्गठनदेखि विभिन्न सामाजिक सङ्घसंस्थाले उक्त सरकारी जग्गामा भवन बनाई वर्षौँदेखि भाडासमेत असुल्दै आएका थिए । महानगरले अतिक्रमित संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफै खाली गरेका थिए । पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले दुई लेन सडक निर्माणका लागि बजेटसमेत सुनिश्चित भइसकेको बताए ।  

Hardik health

सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन खाद्य संस्थान र नेशनल ट्रेडिङलाईसमेत पत्रचार गरिसकिएको उनको भनाइ छ । “उपत्यका नगर विकास समितिको जग्गा खाली भइसकेको छ, सडक मापदण्ड अनुसार रेखाङ्कन पनि भइसकेको छ”, वडाध्यक्ष मर्सानीले भने, “त्यहाँ रहेका अन्य सरकारी कार्यालयहरूलाई पनि सडक मापदण्ड कायम गराउन महानगरबाट पत्राचार गरिएको छ ।”

उक्त सडक बनेपछि पृथ्वीचोक र बसपार्क क्षेत्रको सवारी चाप कम हुनुका साथै ट्राफिक व्यवस्थापनमा सहजता हुने उनले बताए । अव्यवस्थित भवन र साँघुरो सडकका कारण त्यस क्षेत्रको आवागमन प्रभावित हुँदै आएको थियो । वडाध्यक्ष मर्सानीले बसपार्क क्षेत्रका अनधिकृत संरचना पनि हटाउन प्रकृया सुरु भइसकेको बताए । सडक मापदण्ड कायम गर्न प्राविधिक नापजाँचसमेत भइसकेको उनको भनाइ छ । 

बसपार्कको जग्गा मिचेर बनाइएका पसल कबललगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ । नगर विकास समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सघाउन सूचित गरेको हो । 

नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा स्थानीयवासी, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३२ मा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । 

बसपार्कको अतिक्रमित जग्गा खाली गराई प्रास्तावित आधुनिक पोखरा बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउने महानगरको योजना छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने महानगर प्रमुख आचार्यले बताए ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP