राजविराज- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् । स्थानीय बुचु खंगको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सो आगलागीमा सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए।
आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाख रुपैयाँको क्षति भएको उनले बताए । स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।