Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

काठमाडौं- उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट भएकाे छ ।   उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका महामहिम राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका हुन्  ।

भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचार–विमर्श भएको थियो ।उपराष्ट्रपति यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र इजिप्टबीच कायम रहेको मित्रता र सद्भावपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरे ।

उनले नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा काठमाडौंमा दूतावास स्थापना गरेको उल्लेख गर्दै यसले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धको द्योतकको रूपमा कार्य गरेको बताए । उनले लामो अन्तरालपछि आजै कायरोमा आयोजना हुन लागेको नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुशी व्यक्त गर्दै उक्त बैठकबाट महत्वपूर्ण सम्झौता तथा समझदारी पत्रहरूमा हस्ताक्षर हुने र सहकार्यका नयाँ मार्गहरू खुल्ने विश्वास व्यक्त गरे।

Hardik health

उपराष्ट्रपति यादवले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरूको समूह ९नाम० का संस्थापक सदस्य रहेको, संयुक्त राष्ट्रसंघ, जी–७७ तथा विश्व व्यापार संगठन लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा मुद्दाहरूमा सहकार्य गर्दै आएकोमा सन्तोष व्यक्त गरे  । उनले संसारमा अन्याय, सिमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता कायम रहने समान धारणा नेपाल र इजिप्टबीच रहेको बताए ।

उनले इजिप्टले असंलग्न आन्दोलनको नेतृत्व गर्दै आएको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीहरूलाई तालिम तथा नेपाली विद्यार्थीहरूलाई विभिन्न संकायमा छात्रवृत्ति प्रदान गर्दै आएकोमा धन्यवाद व्यक्त गरे  । इजिप्टको राष्ट्रिय दिवसको अवसरमा उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत इजिप्टका महामहिम राष्ट्रपति, सरकार तथा मित्रवत जनतालाई बधाई दिँदै इजिप्टका जनताको निरन्तर शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरे  ।

उनले महामहिमको कार्यकालमा नेपाल र इजिप्टबीचको सम्बन्ध थप सुमधुर र फलदायी हुने विश्वास पनि व्यक्त गरे  ।भेटमा नेपालका लागि अरब गणतन्त्र इजिप्टका महामहिम राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले नेपाल र इजिप्टबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘इजिप्ट नेपालको हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, विशेषतः सैनिक तथा कृषि क्षेत्रमा सहयोग गर्न इच्छुक छ  ’ उनले भने,  ‘नेपालमा रासायनिक मल उपलब्ध गराउन इजिप्ट सहयोग गर्न चाहन्छ । साथै, इजिप्टका कृषि विशेषज्ञहरूलाई नेपाल आमन्त्रित गरी यहाँको कृषिको स्तर उकास्न तत्पर छ ।’ राजदूत अल्दिवानीले आफ्नो कार्यकालको अवधिमा नेपाललाई इजिप्टले प्रदान गर्दै आएको छात्रवृत्तिको संख्या वृद्धि गर्न विशेष प्रयत्न रहने स्पष्ट गरे  । 


 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP